जापान । गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानस्थित कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की लामो रस्सारस्सी पछी निर्विरोध चयन भएका छन् ।
टोकियोमा आइतबार एनआरएनए आइसीसी उप-महासचिव ओम गुरुङको प्रमुख आतिथ्यतामा आयोजित ८ औँ अधिवेशनले कार्कीको संयोजकत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरिएको हो।
निर्वाचन समिति सदस्य विकास श्रेष्ठका अनुसार, गैरआवासिय नेपाली संघ जापान कान्तो क्षेत्रीय संयोजक पदमा सागर कार्की लाई सर्वसम्मत चयन गर्दै संयोजकमा उम्मेदवारी दिएका निवर्तमान उपसंयोजक सुरेस केसीलाई केन्द्रिय समितिमा मनोनित गर्ने सहमती गरिएको छ।
कार्यसमितिको उपसंयोजकमा दिपक सुवेदी’विप्लव’, सुरज केसी र अर्जुन तिवारी तथा महिला उपसंयोजकमा ईश्वरी अर्याललाई चयन गरिएको छ।
यसैगरि सचिवमा वासुदेव पन्त, सह-सचिवमा महेश श्रेष्ठ र गोमबहादुर बुढा तथा कोषाध्यक्षमा सोहन कुमार खत्री र सह- कोषाध्यक्षमा अनुप गौतम चयन भएका छन् ।
युवा संयोजकमा महेन्द्र केसीलाई चयन गरिएको छ भने सदस्य दिपेन्द्र गौतम, चण्डि प्रसाद कँडेल, किरण गौतम,विपिन श्रेष्ठ, ज्योती रिजाल ढकाल, एकराज तामांग र प्रमोद लोहनी चयन भएका छन् ।
कान्तो निर्वाचन कमिटिलाई एनविए जापानका अध्यक्ष बिजेस थकालीले संयोजन गरि शालिकराम भण्डारी, विकास श्रेष्ठ, बालकृष्ण कँडेल र मनिस अमात्य सदस्य रहनु भएको थियो।

