शुक्रबार, बैशाख ११, २०८३

जापानको नागोयामा हृदयघातवाट नेपाली विद्यार्थी लिम्बुको मृत्यु

नागोया । जापानको नागोया शहरमा एक नेपाली बिद्यार्थीको हृदयघातवाट असामयिक निधन भएको छ ।
जापानी भाषा स्कुलमा अध्ययनरत नेपाली बिद्यार्थीको बिद्यालय जाँदै गर्दा अचेत भएर ढलि उपचार गर्नेक्रममा निधन भएको हो ।

नेपाल ताप्लेजुङ सान्थाक्रा स्थायी घर भइ सन २०२३ फेब्रुवरीमा जापानको नागोया सहरमा अवस्थीत NAGOYA AIUEO INTERNATIONAL SCHOOL मा अध्ययनको लागी आएका बच्चन केदेम लिम्बूको निधन भएको हो ।
जुन २३ तारिख शुक्रबार बिहान छात्रवासवाट बिद्यालय जाने क्रममा रेल स्टेशन नजिक ढलेका १९ बर्षिय लिम्वूलाई तत्काल मिनातोकु स्थित चुवु रोसाई हस्पिटल लगिएको थियो । तर अस्पतालका चिकित्सकले हृदयघातवाट उनको निधन भएको पुष्टि गरेका थिए ।

लिम्बु बिद्यार्थी भिसामा करिव ४ महिना अघि मात्र जापान आएका थिए ।
लिम्बुको शव नेपाल पठाऊन आवश्यक पहलका लागि निजको बिद्यालय एवं एनआरएनए नागोयाको संयुक्त पहलमा प्रयास भईरहेको एनआरएनए आइसिसीका सदस्य दिपक कार्किले जानकारी दिनुभयो ।
जापानमा विभिन्न कारणले यो साता मात्र लिम्बुसहित ३ जना नेपालीको ज्यान गएको छ ।