शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापान कान्तो क्षेत्रको आठौँ अधिवेशन जुन २५ मा हुने, संयोजकमा केसी र कार्कीको चर्चा

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान कान्तो क्षेत्रीय कार्यसमितिको आठौँ अधिवेशन जुन २५ तारीख आइतबार हुने भएको छ। एनआरएनए कान्तो क्षेत्रीय कार्यसमितिको आठौँ अधिवेशन जुन २५ तारीख आइतबार हुने भएको समिति संयोजक दीपेश केसीले बताउनु भयो।
विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैरआवासीय नेपाली संघको जापानमा करीब एक लाख चालीस हज़ार नेपालीहरु भएको अवस्थामा विभीन्न क्षेत्रमा क्षेत्रीय कार्यसमितिहरु गठन भएका छन ।

एनआरएनए जापान राष्ट्रीय समन्वय समिति र १२ वटा क्षेत्रीय समिति क्रियाशील छन। कान्तो क्षेत्रमा हुने विभीन्न सामाजीक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने विभीन्न कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा सहयोग गर्ने गरेको छ।
कमिटीको बैठकले आगामी अधिबेसन सफल बनाउन बिजेश थकालीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको छ। जसमा सदस्य सचिब सालिकराम भण्डारी,बिकाश श्रेष्ठ, बालकृष्ण कडेल (हिमाल) र मनीष अमात्य रहनु भएको छ।

निर्बाचन कमिटीले पाएको जिम्मेवारी छिटै नै सुरू गर्ने निर्बाचन समितिका सदस्य सचिब भण्डारीले जानकारी दिनु भएको छ।
अधिबेसन ओकुबो स्थित सोलमारी मूरा हलमा हुने समितिका सचिब सागर कार्कीले जानकारी दिनुभएको छ ।
अधिबेसनमा २०२१-०२३ कार्यकालको प्रगति बिबरण तथा आर्थिक प्रतिबेदन प्रस्तुत हुनेछ ।
कान्तो क्षेत्रीय कार्यसमितिको आगामी कार्यकाल २०२३-०२५ को लागि संयोजकमा वर्तमान उप-संयोजक सुरेश केसी र हालका सचिव सागर कार्कीको चर्चा छ ।