शुक्रबार, बैशाख ११, २०८३

मोना जापानले टोकियोमा जुलाई २ तारिख बार्वेक्यू गर्ने

जापान । नेपालको म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानले बार्वेक्यू अर्थात् बनभोज आयोजना गर्ने भएको छ ।
मोना जापानले जुलाई २ तारिख आईतबार टोकियोस्थित शिनकीवा पार्कमा बार्वेक्यू कार्यक्रम आयोजना गर्न लागेको हो ।

जापानमा रहेका म्यागदेली तथा जापानवासी नेपालीहरुबीच आपसी भाईचारा, चिनजान र सहकार्यको लागि रमाईलो संगै समर बिबिक्यू आयोजना गरिएको संस्थाका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनुभयो ।

जुलाई २ तारिख आईतबार मोना जापानको बार्बेक्यु अर्थात बनभोजको तयारीमा जुटेकोले सबैलाई समय मिलाउन महासचिव गणेश श्रेष्ठले अनुरोध गर्नु भयो ।