टोकियो । जापान भ्रमणमा रहनु भएका नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेत देशको दिघो विकासको लागि राजनीति स्थिरता हुनु पर्ने बताउनु भएको छ ।
शनिवार टोकियोमा एमाले प्रवास संगठन प्रवासी नेपाली मंच जापानले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो।
संसदीय प्रणालीमा मन्त्रीपरिषदको सिफारिस नागरिकता विधेयक राष्ट्रपतिले तोक लाउने काम गैरकानुनी भएको थप्दै सरकारको नेतृत्व गरेको गठबन्धनले मुलुकको विकास र निकास ल्याउन नसक्ने जिकिर गर्नु भयो।
अब राजनीतिक स्थिरताको लागि दुई दलीय वा दुई पक्षिय गठबन्धन बनाएर निकास निकाल्नु पर्ने आवश्यक रहेको बताउदै देशको आर्थिक विकास गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख आतिथ्यताको आसनबाट सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड नेतृत्वको माओवादी र एमाले एक भएर अघि बढ़े राजनीतिक स्थिरता हुने बताउनु भयो ।
कार्यक्रम मञ्चका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षता नेकपा(एमाले) पोलिट ब्यूरो सदस्य एवम् युवा संघ इंचार्ज महेश बस्नेतको प्रमुख आतिथ्यता, एमालेका केन्द्रीय सदस्य राजीव पहारी,एमाले बाग्मती प्रदेश सदस्य पर्शु बस्नेत, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटी सदस्य सुरेश केसी, पूर्वी एशिया संयोजक मोहन रायमाझीको बिशेष आतिथ्यता एनआराएन जापानका अध्यक्ष शिब पौड़ेल, एनआरएनए जापानका उपाध्यक्ष संगीता अधिकारी एनआरएन जापानका महासचिब सिद्धार्थ श्रेष्ठ पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घले लगायत जापानमा क्रियाशील विभिन्न संघ संथाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो! कार्यक्रममा बक्ताहरुले जापानमा रहेका नेपालीका अवसर एवम् चुनौती, क्रियाशील संघ संथाले खेल्नु पर्ने भूमिका, एनआरएनले गरेका क्रियाकलाप लगाएत समसामायिक बिषयमा आफ़्ना धारणा राख्नु भएको थियो।
कार्यक्रमको स्वागत मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो।





