टोकियो । नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ जापानको मुख्य आयोजनामा टोकियोमा १३औं नेपाल फेष्टिवल जुलाई २२ र २३ तारिख हुने भएको छ ।
जापानको राजधानी टोकियोमा गत वर्ष आयोजना भएको नाकानोस्थित शिकी नो मोरी पार्कमा १३औं नेपाल फेष्टिवल जुलाई २२ र २३ तारिख हुने भएको हो।
जापानको राजधानी टोकियोमा नेपाल फेष्टिवल जुलाई २२ तारिख शनिवार र २३ तारिख आइतबार दुई दिन आयोजना गरिने एनआरएनए जापानका अध्यक्ष तथा फेष्टिवल मुल आयोजक समितिका संयोजक शिबप्रसाद पौडेलले जानकारी दिनुभयो।
आगन्तुकहरुलाई मनोरञ्जन लिन, जापानी नागरिकहरुलाई नेपालको पर्यटकिय स्थलहरुबारे बुझ्न, नेपाली कला, संस्कृति र सांस्कृतिक प्रस्तुतीहरु अवलोकन गर्न स्थान साँघुरो भएको कारण यस पटक स्टलहरुको संख्या आधा कम गरिन लागिएको नेपाल फेस्टिवल मुल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।
नेपाल फेष्टिवललाई विगतको भन्दा फरक र उत्कृष्ट बनाउन सबै उपाय अपनाइने बताउँदै अध्यक्ष पौडेलले समयमै जापानवासी नेपालीहरुलाई समय मिलाउन र प्रचारप्रसारमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
नेपाल फेष्टिवल भव्य रूपमा सफल बनाउन जापानका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायीहरुको सल्लाह र सुझाव लिने गरि जुलाई ५ तारिख ३ बजे एनआरएनए जापानको कार्यालयमा बैठक बोलाईएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरि फेष्टिवल बारेमा छलफल गरेर आवश्यक तयारी गरि यस पटक नेपालको पर्यटन, संस्कृति र सांस्कृतिक पहिचान प्रचार, नेपाली कला र बाजागाजा सहित खाना लगायत पहिचानको प्रर्वद्धन गर्न उत्कृष्ट तयारी गरिने एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले बताउनु भयो।

