शुक्रबार, बैशाख ११, २०८३

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको टोलीलाई जापानमा भव्य स्वागत

टोकियो । नेकपा(एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत सहित ३ सदस्यीय टोलीलाई जापानमा भव्य स्वागत गरेको छ।
प्रवासी नेपाली मञ्चको निमन्त्रणामा शनिवार नेपाल एयरलाईन्सको विमानबाट जापान आइपुग्नु भएका बस्नेतको टोलीलाई नारिता एयरपोर्टमा भव्य स्वागत गरेको हो ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानको कार्यक्रमको सिलसिलामा एक हप्ताका लागि जापान आइ पुग्नु भएका बस्नेतसहितको नेताहरुको टोलीलाई नारिता विमानस्थलमा एमाले बागमती प्रदेश कमिटी सदस्य पर्शु बस्नेत, प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष बाबुराम भण्डारी, एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष नवीन निउरे लगाएको टोलीले खादा लगाएर स्वागत गरेको हो।
एमालेका पोलिटब्युरो सदस्य, पूर्व उद्योग मन्त्री महेश बस्नेत, गण्डकी प्रदेश निवर्तमान संसद तथा एमाले केन्द्रीय सदस्य राजिव पहारी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजित लामाको जापान भ्रमण टोलीलाई स्वागत गर्न प्रवासी नेपाली मञ्च जापानका पूर्वनेता तथा एमाले बागमती प्रदेश कमिटी सदस्य पर्शु बस्नेत, प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष बाबुराम भण्डारी, केन्द्रीय सदस्य शंकर रिमाल, युवा संघका पूर्वकेन्द्रीय सदस्य दिनेश ढकाल, एनआरएनए जापानका युवा संयोजक राकेश रुम्बा, सदस्य मनोज श्रेष्ठ, प्रह्लाद महत ,युवा नेता कृष्ण थापा लगाएतको टोली नारिता बिमानस्थल पुगेका थिए ।

नेपालको इतिहासमा कान्छो उमेरमा विसं २०५४ मा गाविस अध्यक्ष भएर चर्चा कमाएका बस्नेत,  उद्योग मन्त्री समेत बने, युवा संघ नेपालका पूर्ब अध्यक्ष, हाल एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र तथा एमालेको शक्तिशाली ,निडर र प्रष्ट बक्ताको रुपमा चिनिनुहुन्छ।
करीब १ हप्ता जापान बसाईको क्रममा प्रवासी नेपाली मञ्चको कार्यक्रमका अलवा जापानीज उच्च राजनैतिक तथा सरकारी नेतृत्व संग भेतघाट ,एमालेको नीतिकार्यक्रम तथा देशको समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया, जापानको सरकारी स्थरको काम गर्ने पद्धति बारे जानकारी लिन सरकारी तथा गैरसरकारी कार्यालयमा भ्रमन गर्ने ,जापानमा बसोबास गर्ने नेपालीहरुको समस्याको बारेमा नेपाली दूतावास र एनआरएनए जापानको नेतृत्वसँग भेटघाट गरि छलफल गर्ने र महत्वपूर्ण ठाऊहरुमा घुमघाम गर्ने कार्यक्रम रहेको भ्रमनको संयोजन गरि रहनु भएका नेता पर्शु बस्नेतले जानकारी दिनु भयो।
एमाले पोलिटब्यूरो सदस्य बस्नेत सहित ३ जना नेताहरुलाई अनौपचारीक जापान भ्रमणलाई उपलब्धिमूलक बनाऊन प्रवास कमिटीले आवश्यक सहजीकरण गर्ने र पार्टीको नीति-कार्यक्रमको बारेमा आन्तरिक छलफलका साथै नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रमहरू रहेको प्रवासी नेपाली मंच जापानका उपाध्यक्ष बाबुराम भण्डारीले बताउनु भयो ।