सोमबार, जेठ २२, २०८०

चितवन समाज जापानको चौथों अधिवेशन मे १७ तारिख हुने

टोकियो । चितवन समाज जापानको चौथों अधिवेशन मे १७ तारिख हुने भएको छ।
चितवनबाट जापान आएर रोजगार, ब्यबसायी, अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाई बस्नु भएका समस्त चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशन हुन लागेको हो ।
कोभिड महामारीले बृहत् कार्यक्रम गर्न नसकेको अवस्थामा कोभिड नर्मल भएसंगै चौथो अधिवेशन गर्न लागेको चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठले बताउनु भयो ।
चितवन समाजले जापानमा अग्रस्थानमा रहेको चितवन समाजले विभिन्न समयमा सांगितिक कार्यक्रम, जापानको नेपालीहरुको आपतविपतमा सहयोग, नेपालको चितवन जिल्लाको विभिन्न क्षेत्रमा सहयोग लगाएत काम गर्दै आएको समाजका महासचिव हरी पौडेलले बताउनु भयो ।

चितवन लगायत जापानवासी नेपाली समुदायमा भाइचारा सम्बन्ध प्रगाढ बनाउदै हातेमालो वा सहकार्य गरेर अगाडी बढ्ने प्रकृयामा आगामी मे १७ तारीख कामतामा हुन गईरहेको चितवन समाज जापानको अधिवेशनमा उपस्थितको लागि समाजका अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भयो ।

%d bloggers like this: