शुक्रबार, बैशाख ११, २०८३

दूतावासको ओसाकामा ४ दिने घुम्ति शिविर सम्पन्न, ५२३ जनाले सेवा लिदाँ १ करोड राजस्य संकलन

जापान । नेपाली राजदुतावास जापान टोकियो, एनआरएनए जापान तथा विभिन्न संघ-संस्थाको सहयोगमा आयोजना भएको ४ दिने घुम्ति सेवा शिविर ओसाकामा सम्पन्न भयको छ ।

अप्रिल २९, ३० र मे १ र २ तारीख चार दिनसम्म ओसाकामा संचालन भएको थियो । शिविरबाट ५ सय २३ जनाले सेवा लिएका छन भने शिविरबाट राज्यलाई करिब १ करोड येन राजस्व संकलन भएको नेपाली राजदूतावास जापानले जानकारी दिएको छ ।

कान्साईमा दोश्रो पटक र जापान व्यापी रुपमा पहिलो पटक भएको यो घुम्ती सिविरले जनहितको लागि सेवा पुर्याएको र अनुकरणिय भएको भन्दै आगामी दिनमा पनि यस्ता खाले कार्य गर्न दूतावासलाई ओसाकाका अग्रज अभियन्ता नरेन्द्र बस्नेतले आग्रह गर्नु भयो।
उक्त शिविरको जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले उद्घाटन गर्नु भएको थियो । जापानभर सहकार्य गरेको एनआरएनए जापानले दूतावासको सहयोगमा सधै यस्ता कार्यक्रम गरिरहने एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनु भयो।

घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण( जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध ) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको थियो ।