जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ ।
शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।
समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैँक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्यको लागि पछी जानकारी गरिने अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो ।
#पत्रकार महासंघ जापानद्वारा जारी सुचना
#आवश्यक कागज पत्रहरू
१, नेपाल पत्रकार महासंघको नविकरणको आवेदन फाराम
२, आबद्ध संचार संस्थाको परिचय पत्र
३, नविकरण शुल्क बचत गरेको रसिद
सदस्यता नविकरण शुल्क : 5,000円
जापान पोष्ट बैक खाता नम्वर
10170-26350281
ラミチャネ アルジュン(Arjun Lamichhane)

