जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२३-०२५)को लागि अध्यक्ष पदमा युवा ब्यवसायी,समाजसेवी दिपक केसीले उम्मेद्वारी दिन तयारी गरेका छन।
जापानको नागोया शहरमा व्यवसायी गरिरहनु भएका केसीले एनआरएनए जापानको अध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।
एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समितिको जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी सदस्य हुन ।
मोना जापानको पूर्वअध्यक्ष हाल मोना एसीया संयोजक, जापान रोटरी सद्स्य, जापानको एक दर्जन संघ-संस्थाको संरक्षक, सल्लाहकारको भूमिकामा रहेका केसी जापानमा गरीब दुखी बिरामी हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आउनु भएका छन ।
गैरआवासीय नेपालीकोहरुको अधिकार र ब्यवसायी क्षेत्रमा पनि सफल हुँदै आउनु भएका केसीले नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक बनाउन एक पटक जापान एनआरएनएको नेतृत्वमा आउन लागेको बताउनु भएका छन ।

