बिहिबार, बैशाख १०, २०८३

जापानको कुल जनसंख्या १२ करोड़ ४९ लाख पुग्यो, गतवर्षको तुलनामा ५ लाख ५६ हजार गिरावट

टोकियो । जापानको जनसंख्या अघिल्लो वर्षको तुलनामा ५ लाख ५६ हजारले जनसंख्यामा गिरावट आई कुल जनसंख्या १२ करोड़ ४९ लाख ४७ हजार पुगेको छ ।
सन् २०२२ को अक्टोबर १ सम्म विदेशी बासिन्दाहरूसहित जापानको जनसंख्या अघिल्लो वर्षको तुलनामा ५ लाख ५६ हजारले जनसंख्यामा गिरावट आई कुल जनसंख्या १२ करोड़ ४९ लाख ४७ हजार पुगेको हो।

जापानको आन्तरिक मामिला र सञ्चार मन्त्रालयले हालै सार्वजनिक गरिएको जनसख्याको तथ्यांक अनुसार २०२२ को अक्टोबरसम्ममा जापानी नागरिकको संख्या ७ लाख ५० हजारले घटेर १२ करोड २० लाख ३१ हजारमा पुगेको देखाएको छ । जुन सन् १९५० मा तुलनात्मक तथ्याङ्क उपलब्ध भएदेखि कै सबैभन्दा ठूलो गिरावट हो।
तथ्यांक अनुसार टोकियोको जनसङ्ख्या बढेको छ तर जापानका अन्य ४७ प्रान्तहरूमा गत वर्षको अक्टोबरमा बासिन्दाको संख्यामा कमी आएको छ। जुन लगातार सरकारी तथ्याङ्कले देखाए अनुसार जापानी नागरिकहरूको संख्या रेकर्डमा सबैभन्दा ठूलो गिरावट यो वर्ष देखियो।
यो प्रवृत्तिले घट्दो जन्मदर र बढ्दो जनसंख्याको दोहोरो चुनौतीसँग जुध्न सामाजिक प्रणाली स्थापना गर्न जापानको तत्कालको आवश्यकतालाई सङ्केत गरेको छ ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले एक पत्रकार सम्मेलनमा भने-“ सरकारले देशको घट्दो जन्मदरलाई उच्च प्राथमिकताका साथ” सम्बोधन गर्नेछ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकको बढ्दो संख्याले हालैका वर्षहरूमा देशको समग्र जनसंख्या घट्न मद्दत गरेको बताईएको छ ।
कोरोनाभाइरसका केसहरूलाई न्यूनीकरण गर्न कडा सीमा नियन्त्रणहरू खुकुलो पारेपछि प्रतिवेदन वर्षमा विदेशी जनसंख्या १ लाख ९४ हजारले बढेर १९ लाख १६ हजार पुगेको तथ्याङ्कले देखाएको छ।

काम गर्ने जनसंख्या अर्थात् १५ देखि ६४ वर्ष बीचका मानिसहरूको संख्या २ लाख ९६ हजारले घटेर ७ करोड़ ४२ लाख ८ हजारमा झरेको छ, जुन समग्र जनसंख्याको ५९.४ प्रतिशत हो।
१४ मुनिका बालबालिकाको कुल जनसंख्याको ११.६ प्रतिशत देखिदा यो संख्या हालसम्मकै न्यून हो ।६५ वर्ष माथिका मानिसहरूले २९ प्रतिशत रहेको छ । यो संख्या हालसम्मकै उच्च रेकर्ड हो।