बिहिबार, बैशाख १०, २०८३

नागोयामा अप्रिल ११ तारिख ‘नयाँ वर्ष सांगितिक साँझ २०८०’ भव्य हुने

जापान । नेपाली नयाँ वर्ष २०८० को अवसरमा नागोयामा ‘नयाँ वर्ष सांगितिक साँझ २०८०’ सांगितिक कार्यक्रम हुने भएको छ ।
नेपाल जापान सांस्कृतिक समाज र हेराल्ड मिडिया हाउसको आयोजनामा नयाँ वर्ष सांगितिक साँझ अप्रिल ११ तारिखको साँझ ६ बजेबाट देउराली दोहोरी साँझमा हुने भएको हो ।

उक्त सांगितिक कार्यक्रममा नेपालको कला, संस्कृति विकास र पर्यटन प्रवर्द्धनको लागि चर्चित कलाकार कृष्ण कँडेल, गायक रवी ओड, हास्यकलाकार शैलेंद्र सिम्खडा, गायिकाद्वय रेखा पौडेल, कृष्णा बजगाई लगायत कलाकारहरुको प्रस्तुति रहने जनाएको छ ।

नेपाली नयाँ वर्षको अवसर पारेर मनोरंजनसहित केहि समाजसेवामा लागेको इन्द्रेणीको टीमलाई स्वागत गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक हरी दोङले बताउनु भयो ।