शुक्रबार, बैशाख ०७, २०८१

स्याङ्जा समाज जापानको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा चित्र गुरुङ्

जापान । स्याङ्जा समाज जापानको छैटौँ अधिवेशन आज सम्पन्न भएको छ ।
टोकियोमा मार्च २६ तारिख आज नयाँ नेतृत्व सर्वसम्मति निर्वाचित गर्दै जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको बन्द सत्रले चित्र गुरुङको अध्यक्षतामा सर्वसम्मति नयाँ कार्यसमिति पनि चयन गरेको छ। गुरुङको अध्यक्षतामा रहेको नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वेद कार्की, महिला उपाध्यक्षमा सारा श्रेष्ठ, उपाध्यक्षहरुमा दिपक न्यौपाने, सुक बहादुर केसी, मनोज अधिकारी, भुवन गिरी र अरमान गुरुङ चयन हुनु भएको छ ।

त्यसैगरि महासचिवमा सागर मणि न्यौपाने, सचिवद्वयमा समुन्द्रराज पौडेल र रमेश बाबु भण्डारी, कोषाध्यक्षमा हरि न्यौपाने, सह-कोषाध्यक्षमा सोम गैह्रे चयन भएका छन् ।

समाजको सदस्यहरुमा,बालकृष्ण ढुंगाना,मणी भट्टराई,नबिन ढकाल,रामु बस्याल,बिनय जंग केसी,सुदिप पंगेनी,रेशम राज भट्टराई,केबिन भट्टराई लगायत चयन भएका छन् ।
अधिवेशनको घोषणा सत्रमा एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल लगाएत विभिन्न संघ-संस्थाको अग्रजहरुको उपस्थिति रहेको थियो ।