टोकियो । जापानमा एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन्।
जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा गर्न सक्ने योगदानलाई ध्यानमा राखेर जापान भरिका गैरसरकारी संस्थामा निश्चित अबधि भित्रका कर्मचारीलाई प्रदान गर्दै आइरहेको यस अवार्डमा पहिलो बिदेशीका रुपमा साप्लानिर नामक संस्थामा कार्यरत सुदिप दाहालले नगद सहित एनजीओ न्युकमर्स अवार्ड प्राप्त गरेका हुन।
सुदिप दाहाल उक्त संस्थामा २०२२ को फेब्रअरीदेखि कार्यरत छन्।
करिब नौ वर्षअघि स्टुडेनको रूपमा अध्ययन गर्न जापान आएका सुदिपले जापानकै युनिभर्सिटीबाट नेपालको ग्रामिण विकासमा मास्टर्स गरेका छन्।
२०१८ मा पढाई सकेर जापानिज कम्पनिमा काम गरेका दाहालले २०२२ को फेब्रअरीबाट साप्लानिरमा काम थालेका थिए।
काममा लगनशिलता र मेहनतले काम सुरु गरेको छोटो समयमै यस अवार्ड प्राप्त गर्न सफल भएका दाहालले जापानमा यस्ता अवार्डबाट सम्मान हुने नेपाली र विदेशहरुले पनि हालसम्म कोहि कसैले नपाएको बताए ।
दाहाल कार्यरत साप्लानिर संस्थाले जापान लगाएत नेपाल, बंगलादेशमा पनि कार्यक्रम गर्दै आइरहेको छ।
हाल सुदिप दाहाल उक्त संस्थाको फन्डरेजरको जिम्मेवारी सम्हालिरहेका छन्।
यहि मार्च १६ तारिख भएको अवार्ड वितरण कार्यक्रममा नेपाली युवा दाहालसहित अन्य २ जापानिज एनजिओकर्मी लाई अवार्ड सहित नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो।
परदेशमा नेपाल र नेपाली समुदायको गरिमा उच्च राख्न सफल हुनुभएकोमा हाम्रो तर्फबाट पनि सुदिप दाहाललाई धेरै धेरै बधाई अनि आगामी दिनका लागि शुभकामना व्यक्त गर्दछौं, यस्ता सकारात्मक कामले नेपालबाट जापानमा नबआगन्तुक बिधार्थीहरुको लागि प्रेरणा बन्न सकोस कामना ।