जापान । विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङजालीहरुको संस्था स्याङजा समाज जापानको छैठौं अधिवेशनको तयारी पुरा भएको छ ।
यही मार्च २६ तारिख हुने अधिवेशनको तयारी पुरा भएको हो । विविध उद्देश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उद्देशले सन् २०१२ मा स्थापना भएको समाज हालसम्म नागोया, सिजुओका र फुकुओकामा क्षेत्रिय समितिहरु सक्रिय छन् ।
फेब्रुवरी महिनाभित्र सबै ईकाईहरुको अधिवेशन गरेर मार्च महिनामा केन्द्रको अधिवेशन गर्ने सर्कुलरलाई मध्यनजर गर्दै नागोया र सिजुओका क्षेत्रिय समितिको अधिवेशन अधिवेशन संयोजक धुर्व ज्ञवालीले बताउनु भयो ।
समाजका अध्यक्ष धुर्व ज्ञवालीको संयोजकत्वमा गठन भएको अधिवेशन समितिले समाजका सल्लहकार पितम्बर चापागाईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । त्यसैगरि समाजका संस्थापक अध्यक्ष जिवन नेउपानेको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ । अधिवेशन अघि होस् या अधिवेशन पछि समाजको साधारण र आजीवन सदस्य १२ महिना नै खुल्ला रहेकाले उक्त अधिवेशनमा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण जापानवासी स्याङजाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष एवं अधिवेशन संयोजक धुर्व ज्ञवालीले अनुरोध गर्नुभएको छ ।
अधिवेशनबाट संस्थाले नयाँ नेतृत्व पाउनुका साथै चुस्त र दुरुस्त टिम तय हुने जनाएको छ।

