शुक्रबार, चैत १६, २०८०

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको ८८ वर्षमा निधन

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको निधन भएको छ । उनी ८८ वर्षका थिए ।

उनको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानशाले उनको निधन भएको सोमबार पुष्टि गरेको हो ।

पारिवारकाअनुसार उनको निधन मार्च ३ को बिहान बुढ््यौली र सम्बन्धित समस्याका कारण भएको हो । उनको अन्त्येष्टि भइसकेको उनको पारिवारले जनाएको छ ।