शुक्रबार, बैशाख १४, २०८१

टोकियोमा म्यूजिकल नाईट : गायक प्रकाश र गायिका सुनिताको भव्य प्रस्तुति हुने

जापान । चर्चित गायक प्रकाश दुतराज सहित गायिका सुनिता परियारको टोकियोमा आयोजना हुन लागेको विशेष म्यूजिकल नाइट सांगितिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मार्च १२ तारिख आईतबार राजधानी टोकियोको नाकानो जेरो हलमा आयोजना हुन लागेको सांगितिक सहित विशेष सांस्कृतिक कार्यक्रमको लागि जापान आइपुगेका कलाकारहरुको साथमा शनिवार साँझ पत्रकार सम्मेलन गरि प्रस्तुतिको वारेमा जानकारी गराएको थियो ।

टोकियोको कार्यकमको व्यवस्थापनको काम पनि सकिएको आयोजक गजब इन्टरटेनमेन्टका संयोजक सचिन श्रेष्ठले जानकारी दिनुभयो ।

लाहुर जाने रेलैमा, घर कता को बैनिको लगायत एक दर्जन सदावहार लोकप्रिय गितका गायक तथा सर्जक प्रकाश दुतराज जापान आउने भएपछि सबै तिरबाट कार्यक्रम भव्य रुपमा सफल बनाउन साथ र सहयोग जुटेको संयोजक श्रेष्ठको भनाई छ ।

कार्यक्रम एतिहासिक रुपमा भव्य सफल हुने देखिएको छ’ युवा व्यवसायी समेत रहनुभएका श्रेष्ठले भन्नुभयो ‘ओसाका,नागोया, निगाता, नारिता, शिजुओखा देखि फुकुओका लगायत स्थानमा पनि कार्यक्रम हुने भएपछि जापानभर रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागीता रहने देखिएको छ ।

प्रकाश दुतराज र सुनिता परियारको विशेष सांगितिक लाईभ प्रस्तुतीसँगै कार्यक्रममा पुन क्लव जापानमा आवद्ध कलाकारहरुले सांस्कृतिक थाली नाच प्रस्तुत गर्नुका साथै मोनिका मगर लगायतले विशेष नृत्यहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको लागि गायक प्रकाश र गायिका सुनिता शनिवार विहान मात्र जापान आइपुगेका हुन ।