शुक्रबार, बैशाख ०७, २०८१

कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः शाही चयन

जापान । कर्णाली प्रदेश समाज जापानको दोस्रो अधिवेशनको सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा आईतबार टोकियोमा सम्पन्न अधिवेशनले पुनः कृष्ण बहादुर शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष कृष्णबहादुर शाहीको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा भिम प्रसाद न्यौपाने,बिमल जि एम,केबी टमट्टा, माधव थापा, खेमराज शाह,ईन्द्रजित अधिकारी,विरेन्द्र शाही र जिवन शाही चयन भएका छन् ।

त्यस्तै गरि समाजको महासचिवमा हिमप्रकाश थापा
सचिवहरुमा नवराज थापा,हरी शाही,युवराज धमला
र धिरज जंग शाही चयन भएका छन् भने कोषाध्यक्षमा महेन्द्र केसी,सहकोषाध्यक्षमा गणेश बहादुर बिष्ट,
युवा संयोजकमा लक्ष्मण शाह र महिला संयोजकमा चरित्रा शाहीलाई चयन गरिएको छ ।

समाजका सदस्यहरुमा,प्रमोद रेग्मी,राम ढकाल,अमलाल एडी
रत्न रोकाय,प्रकाश टमट्टा,विमला हमाल,मदन सिंह ठकुरी ,रमेश सिमखडा ,अशोक शाही,कृष्ण शाही,प्रदिप शाही,पिपला शाही र दुर्गा प्रशाद न्यौपाने चयन भएका छन् ।