बिहिबार, बैशाख १०, २०८३

कर्मचारीतन्त्रले सरकारलाई असहयोग गरेको वाइसिएल इन्चार्ज दीपशिखाको आरोप

जापान । नेपाली जनप्रगतिशीलमञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले राष्ट्रपतिको निर्वाचनपछि जनजीविकाका सवाललाई ध्यानमा राखेर जनताले अनुभूत गर्नेगरि प्रभावकारी कार्य गर्ने बताएका छन ।
नेता दीपशिखाले जनतासंग प्रत्यक्ष जोड़िएका सवाललाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउदै भने यो सरकारले सहि रूपमा डेलिभरी दिन सकेन भने पार्टी र राष्ट्रलाई ठुलो जोखिम रहेकोले राष्ट्रपतिको निर्वाचन पश्चात् ठोस नीति तय गरि जनपक्षीय कार्यमा सक्रिय हुनेछ ।

अहिलेको संसद गठनको संरचना अनुरूप सरकार गठन हुनुपर्ने बाध्यतालाई ध्यानमा राखेर सरकारका कामकारवाहीबाट धेरै अपेक्षा नराख्न जनतालाई आग्रह गर्दै नेता दीपशिखाले भने सरकारका कामकारवाहीलाई आवश्यक सहयोग गरिनुपर्छ । उनले कर्मचारीतन्त्रले सरकारलाई सहयोग नगर्दा सरकारबाट जनताले गरेको आशा पूरा हुन नसकेको आरोप समेत लगाए ।
कार्यक्रममा प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले जापानमा रहेका नेपाली समुदायलाई सचेतना र सेवामूलक प्रदान हुने गरि मञ्चले आफ्ना क्रियाकलाप संचालन गर्न आग्रह गरे । प्रवास समन्वय समितिका अर्का सदस्य अरुणकुमार श्रेष्ठले देशको संवृद्धिका लागि गरिनुपर्ने काम जापानबाट सिक्नु सिक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मञ्चका इन्चार्ज रामहरि पुडासैनीले संगठनले जापानमा आफ्नो भूमिका देखाउने गरि गतिविधि गरिरहेकोमा खुशी व्यक्त गरे ।

भने पूर्व अध्यक्ष हवलचन्द्र लामाले जापानको संदर्भमा एनआरएनएप्रति संगठनको दृष्टिकोण स्पष्ट गरेर जान आग्रह गरे ।

मञ्चका सल्लाहकार सालिकराम भण्डारीले भावनात्मक रूपमा पार्टी संगठन घरपरिवारभन्दा पनि प्रिय लाग्न थालेको बताए ।
कार्यक्रममा अर्का सल्लाहकार तथा संचारकर्मी तिलक मल्लले जापानमा मञ्चको गतिविधिले अपनत्व बढाउदै गएकोले सामाजिक गतिविधिसंग सम्बन्धित कार्यक्रमलाई अझै बढ़ावा दिनुपर्ने बताए ।
लेखा अनुशासन तथा अनुगमन आयोगकी संयोजक कालिका थापाले मञ्च विधान नीति र विचारलाई संगै लिएर आफ्ना गतिविधिलाई संचालन गर्न आग्रह गरिन।

तोचिगीमा सम्पन्न भएको “प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” विषयक अन्तरक्रिया सहितको वार्षिक साधारण सभामा विधान मस्यौदासमितिको तर्फबाट खगराज गौतमले पेश गरेको संशोधित विधान, महासचिव बाबुराम पौडेलद्वारा पेश गरिएको सांगठनिक तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष भुवन हुमागाईद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन सर्व सहमतिले पारित भएको थियो ।
कार्यक्रममा क्षेत्रीय समितिले आफ्नो क्षेत्रका गतिविधिको रिपोर्ट प्रस्तुत गरिएको थियो ।

नेपालमा सम्पन्न स्थानीय तह, प्रादेशिक र संघीय संसदको निर्वाचनमा जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन जनमत सृजना हुने गरि गीत संगीतको माध्यमबाट योगदान पुर्याएका दिलिप कंडेललाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रम मञ्चका अध्यक्ष पन्तको अध्यक्षता महासचिब पौडेलको संचालन र वरिष्ठ उपाध्यक्ष मोहन पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रम गुन्मा तोचिगी क्षेत्रीय समितिको व्यवस्थापन र कोषाध्यक्ष हुमागाईको संयोजनमा भएको थियो