टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान NEFIN Japan 「一般社団法人」को १८औं महाधिवेशनको तयारी तीव्र बनाएको छ ।
जनजाति महासंघ (नेफिन) जापानको आगमी मार्च २६ तारिख आईतवारको दिन १८औं महाधिबेशन हुने भएपछी तयारी तीव्र बनाएको हो ।
फेब्रुवरी १९ तारिख जापानको राजधानी टोक्योस्थित माया हलमा भएको नेफिन जापान कार्य समितिले प्रस्ताव गरेको मितिलाई संघीय परिषद् बैठकले सो कुरा पारित गरेको हो ।
नेफिन जापान कार्य समितिले गरेको प्रस्तावलाई परिषद् बैठकले अनुमोदन गरेको महासंघका अध्यक्ष संजीब राईले जानकारी दिनुभयो ।
जनजाति महासंघले महाधिवेशनको लागि नेफिन जापानमा आबद्द एकल जातीय संस्थाहरुले बढीमा ५ जना महाधिबेसन प्रतिनिधि सहभागी हुन पाउने छन । एकल जातीय संस्था र क्षेत्रीय समितिहरुको मतभार १ मत कायम गरिएको जनाएको छ ।
महासंघको बिधान संशोधन समितिमा जनजाति महासंघका सल्लाहकार ओम गुरुङलाइ संयोजक सदस्यमा रित राना मगर, शिशिर निङलेकु तोकिएको छ भने बैठकले ओम गुरुङको संयोजकत्वमै निर्वाचन समिति तय गरेको छ । निर्वाचन समितिमा हवल चन्द्र लामा,पेम्बा शेर्पा,शरद कुमार गौचन अनिता गुरुङ गरि ५ जना रहनेगरि निर्वाचन मण्डल तोकेको छ।
बैठकले महासंघको पदाधिकारीको उम्मेद्वारीको लागि शुल्क समेत निम्न अनुसार शुल्क निर्धारण गरेको छ । अध्यक्ष मनोनयन शुल्क ५ मान, उपाध्यक्ष ३ मान,महासचिव २ मान, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्ष १५?हजार र सदस्यहरुको १ मान तोकेको महासचिव शिशिर निङलेकु लिम्बूले जानकारी दिनुभयो ।

