जापान । नारी दिवसको अवसरमा एनआरएनए जापानको आयोजना र नेपाली राजदुताबासको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर परामर्श सम्पन्न भएको छ।
फेब्रअरी १९ तारिख टोकियोमा सम्पन्न शिविर कार्यक्रममा ६७ जना जापानबासी नेपालीहरूले स्वास्थ्य चेक जाँच गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी, बिशेष अतिथिहरू उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि पुर्व अध्यक्ष भवन भट्ट, बर्तमान उपाध्यक्ष महेश श्रेष्ठ, सदस्य रबिन शेरचन प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, एभरेष्ट ईन्टरनेसनल स्कुलका प्रिन्सिपल बिष्णु भट्ट, कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेपाली साहित्य समाजका अध्यक्ष रबिन शर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक एवं उपाध्यक्ष संगिता अधिकारी सुवेदीले स्वागत मन्तब्य कार्यक्रमको सभापतित्व बरिष्ठ उपाध्यक्ष नबिन निउरे र संचालन महासचिब सिद्धार्थ श्रेष्ठको रहेको थियो।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा डा. लुसुन चालिसे,( नशा एवं टाउको रोग सम्बन्धि) डा.सुमन श्रेष्ठ ( बिकिरण चिकित्सक बिशेषज्ञ) डा. सन्दिप शाक्य, ( मुटु रोग बिशेषज्ञ) डा. सुप्रिया शाक्य, ( दन्त चिकित्सक) डा. सुबास अधिकारी ( क्लिकल परिक्षण प्रवन्धक) डा. ससिम पौडेल ( पेट तथा आन्द्रा बिशेषज्ञ ) एलिजा केसी नर्स दृष्टि श्रेष्ठ नर्स सबिता अधिकारी नर्स लेबिरामीहरूको चेक जाँच गर्नु भएको थियो ।

