बिहिबार, बैशाख १०, २०८३

स्याङ्जा समाज जापान नागोयाको अधिनेशन फेब्रअरी २३ तारिख हुने

नागोया । जापानमा सक्रिय नेपाली संस्थाको पहिचान बनाउन सफल स्याङ्जा समाज जापान क्षेत्रीय समिति नागोयाको चौथो अधिबेशन आउँदो फेब्रेवरी २३ तारिख बिहीवार नागोया स्थित विन्स आईची(WINC AICHI)मा हुने भएको छ।

विविध उदेश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दु:खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले गठन भएको सामाजको नागोया क्षेत्रले २०२१-२३को दुई बर्षे कार्यकालमा धेरै महत्वपूर्ण कामहरु गरेका छन ।
सस्थाले “प्रवासि नेपाली “नामक स्मारिका ,सस्थामा प्राबिधिक तथा सैधान्तिक ज्ञानको आवश्यकता सम्बन्धी निशुल्क प्रशिक्षण कार्यक्रम ,नागोया आसपासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई समेटिएको बनभोज कार्यक्रम तीज कार्यकम तथा रक्तदान कार्यक्रम लगायतका विभिन्न पृथक कार्यक्रमहरु सम्पन्न गरेको सस्थाका अध्यक्ष निशान रानाले जानकारी दिएका छन । अझै धेरै महत्वपूर्ण काम गर्न बाँकी रहेको र ती कामहरु नयाँ कार्य समितीले पूर्णता दिने कुरामा विश्वस्थ रहेको बताए।
समाजका अध्यक्ष रानाको संयोजकत्वमा गठन भएको अधिवेशन समितिले समाजका सल्लहकार श्याम रानाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

जापानमा बसोबास गर्ने सबै स्याङ्जालीहरुलाई अधिवेशनमा सहभागि भईदिनका लागि समाजले अनुरोध समेत गरेका छन्
अधिवेशन अघि होस् या अधिवेशन पछि समाजको साधारण र आजीवन सदस्य १२ महिना नै खुल्ला रहेकाले उक्त अधिवेशनमा सहभागी भई समाजमा जोडिनको लागि सम्पूर्ण जापानवासी स्याङजाली दाजुभाई तथा दिदीवहिनी सबैलाई अध्यक्ष एवं अधिवेशन संयोजक निशान रानाले अनुरोध गरेका छन। साथै स्याङ्जा समाज जापान केन्द्रको छैठौं अधिवेशन मार्च २६ तारिख हुने भएको छ।