टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नयाँ सदस्यता खुलाएको छ ।
एनआरएनए जापानले आगामी २०२३-०२५ को कार्यकालको लागि नयाँ सदस्यता खुलाएको हो ।
एनआरएनए जापानले पञ्जीकृत र प्रारम्भिक गरि दुई प्रकारको सदस्यता खुलाएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।
सदस्यता जनवरी १६ तारिखबाट मे महिनाको ५ तारिखसम्म खुला गरिएको एनआरएनए जापानका प्रवक्ता लामिछाने हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पञ्जीकृत सदस्यहरुमा संघले तोकेको शुल्क बुझाएर सदस्य पदमा उम्मेदवार बन्न र मताधिकार दुवै रहनेछ भने प्रारम्भिक सदस्यता भने निशुल्क रहनेछ । यस्तो सदस्य विद्यार्थीहरुलाई लक्षित गरेको देखिन्छ । जसमा सदस्यता प्राप्त गर्न सक्ने तर उम्मेदवारी र मताधिकार भने पाउने छैनन् ।
प्रारम्भिक सदस्यता लिनको लागि क्षेत्रिय समितिबाट प्रक्रिया गर्न सकिने एनआरएनए जापानले जनाएको छ । प्रारम्भिक आवेदन पञ्जीकृत सदस्यता आवेदन खुला गरेको समय बाहेक खुला रहने बताइएको छ ।
एनआरएनए जापानको पञ्जिकृत सदस्यता आवेदन दिन आवश्यक कागजात र प्रक्रिया
१, भिषा अवधि रहेको जाईरियो कार्डको फोटो।
२, NRNA जापानले तोकेको एक हजार येन जम्मा गरेको स्लिपको फोटो।
३, NRNA जापानको खाता नं. 10930-13431561
シャ)エナレン ジャパンカイガイザイジュウネパールシンキョ様。 JP BANK.
४, एउटा खाताबाट दुई जनासम्मको शुल्क जम्मा गर्न सकिने छ। स्लिपमा सम्बन्धित आवेदकको नाम उल्लेख गरिएको हुनु पर्ने छ।
५, नेपाली मुलका जापानिज नागरिकहरूले जाईरियो कार्डको ठाऊमा भने पासपोर्टको फ़ोटो भएको पेज अपलोड गर्नु पर्ने छ।
६, SMART NRNA एप्सलाई डाउनलोड गरि सदस्यताको लागि आवेदन दिन सक्नु हुनेछ।