टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति जापानको आयोजनामा नयाँबर्ष २०२३ को शुभकाना आदान -प्रदान तथा बोनेनकाई(忘年会)कार्यक्रम गरिने भएको छ।
एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको छ ।
२६ तारिख साँझ ५:३० बजेबाट आयोजना हुने कार्यक्रममा प्रवक्ता लामिछानेले सम्पूर्ण जापान बासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई सहभागीताको लागि अनुरोध गरेका छन् ।
कार्यक्रममा,एनआरएनए जापानले एक वर्षभरी गरेका कामको जानकारी र आउदै गरेको नयाँ वर्ष सन २०२३ को शुभकामना साथै विभिन्न नेपाली सास्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन प्रदान गरिनेछ ।साथै सहभागीहरुलाई नेपालीपन झल्किने औपचारिक पोशाकमा उपस्थित भईदिनका लागि पनि अनुरोध गरिएको छ ।
कार्क्रममा सहभागी हुन चाहने ब्यक्तिहरुले २३ तारिक भित्र आफ्नो नाम टिपाईसक्नुपर्ने बताईएको छ ।

