शुक्रबार, बैशाख ०७, २०८१

मैले घाम सँग माङे

मीरा राजभण्डारी अमात्य,

-मैले मागे घाम सँग
जुन को शितल “काउन्टर”मा तिमी राप
तिमी घाम सँग
हो, मैले मागे घाम सँग
जुन को कमलो रात
नरम नर्मिलो रात

हिम्मत जुटाकै हो
अग्ला चट्टान सँग
मैदान को सेपिलो घाम
मलीला उर्बर भरिला खेत खलिहान
मागेकै हो,
हिम्मत गरेर
फोरिन आफ्ना शिर
न छोडे आफ्ना आत्मसम्मान का फेहरिस्त
हेर घाम,
मैले हिम्मत गरेकै हु त
तिम्रो रापिलो चमक – दमक
मलाई खासै फरक परेन है !
घाम !
ए राप !
ए चोट !
हेर त,
हेरेको हेर्यै भयौ त घाम
मलाई क्रेही फरक नै परेन
डुबाउन घाम
आफ्ना राप हरुमा
जिबन सेलाउन
सपना जलाउन
खोइ त
भावना को डुंगा सँग
सेपिला रापिलो घाम
मैले तारेर छोडे त लछ्य र उदेस्य का नाउ हरु
त्यसैले घाम
मैले हिम्मत गरेकै हो
तिम्रो गति
तिम्रो ताप
तिम्रो राप छलेर
मैले
मेरो सपना को शितल छहारी को
अनमोल आश्वादन लियकै हो
को सफल को शफल
त्यसको कुनै मापन हुन्न
जो जिता वही सिकन्दर हो घाम
आफुलाई सम्हाल
रात आउंदै छ
समय को खेल न हो
घडी का सुइ बाङिन सक्छन
कोइ उदेस्य मा बिचलित सक्छन
तर प्रक्रिती छ नि
उनको हिसाब को कित्ता क्लियर छ
न घडी न पला
आफ्नो समय को हिसाब उसले आँफै राख्छ
त्यसैले त प्रक्रिती हो
म प्रक्रिती
घाम सम्हालिउ
आफु लाई सम्हाल घाम
जुन को शितल काउन्टरमा तिमी राप
तिमी घाम सँग
हो मैले मागे घाम सँग