शुक्रबार, बैशाख २५, २०८३

पहरी विकास संघको ५ औं राष्ट्रिय महाधिवेशन जेठ ९ गते हुने

काठमाडौं । नेपालको पहरी समुदायको संस्था नेपाल पहरी विकास संघको ५ औं राष्ट्रिय महाधिवेशन जेठ ९ गते हुने भएको छ ।
‘सम्पूर्ण पहरीहरू एकजुट हौं, समुदायको भविष्य निर्माण गरौं’ भन्ने नारा सहित आउने २०८३ जेठ ९ गते पहरी विकास संघको ५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन काठमाडौं, चाल्नाखेलस्थित पहरी बस्तीमा हुन लागेको हो ।
राष्ट्रीय महाधिवेशनमा पहरी संघको जिल्ला कार्यसमिति रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, ओखलढुंगा अधिवेशन सम्पन्न भईसकेको छ ।
काभ्रे, मकवानपुर, रौतहट, बारा जिल्ला अधिवेशनको तयारी भईरहेको पहरी संघले जनाएको छ ।
पहरी जातिको भाषा, संस्कृति र जातीय एकता कायम गर्न राष्ट्रीय महाधिवेशन आयोजना गर्न लागेको पहरी विकास संघका केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक मुकुन्द पहरीले जानकारी दिए ।
वि.सं २०५७ सालमा रामेछापका चन्द्र बहादुर पहरीको संयोजनमा स्थापना भएको नेपाल पहरी विकास संघमा ललितपुरका कान्छा काजी पहरी र ललितपुरकै मुकुन्द पहरीले २/२ कार्यकाल चलाएको थिए भने यस ५ औं राष्ट्रिय महाधिवेशनले पहरी विकास संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं, समाज कल्याण परिषद् र नेपाल आदिवासी जनजाति महासंघको आवद्द रहेको नेपाल पहरी विकास संघमा संगठित भई आफनो समुदायको भेषभूषा, भाषा र संस्कार-संस्कृति जोगाई राख्नु हाम्रो कर्तव्य हो महाधिवेशन आयोजक समितिका सह-संयोजक मिनबहादुर दुदेल पहरीको भनाई छ।
नेपाल पहरी विकास संघ केन्द्रीय कार्य समितिले आफनो संस्थाको ५ औं राष्ट्रिय महाधिवेशनमा वैशाख ३० गते सम्म जिल्लाबाट प्रतिनिधि-पर्यवेक्षक पठाउन सर्कुलर समेत गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया