आइतबार, जेठ १०, २०८३

नागोयाको चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६ को तयारी अन्तिम चरणमा

नागोया/ जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत क्षेत्रीय समन्वय परिषद् नागोयाद्वारा आयोजना हुन गइरहेको “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” को तयारी तथा कार्यक्रम सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्य, तयारी अवस्था, विशेष आकर्षण, सांस्कृतिक प्रस्तुति, नेपाल प्रवर्द्धन तथा जापानस्थित नेपाली समुदायको सहभागिता बारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सञ्चारकर्मीहरुको बिभिन्न जिज्ञासाहरुको उत्तर एनआरएनए जापानका महासचिव श्याम शितल, एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवान, कोषाध्यक्ष दिपक अधिकारी, “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” का संयोजक भेषनाथ गौतम, उप-संयोजक सुरेशचन्द्र उपाध्याय, आर्थिक संयोजक दिपक कार्की, स्टल संयोजक सिपि भुषाल, स्वयं सेवक व्यवस्थापन संयोजक मिलन तमाङ्ग लगाएतले दिएका थिए।
पत्रकार कान्ता गिरीले संचालन गरेको उक्त कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उप-संयोजक पाईजा मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको औचित्य वारे पत्रकार एवं “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” प्रचार – प्रसार संयोजक कविकिरण न्यौपानेले प्रकास पारेका थिए। कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवानको सभापतित्वमा सम्पन्न भएको थियो।
आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया डोरी पार्क मा सञ्चालन हुन लागेको हो। फेष्टिबलमा आइची प्रिफेक्चर गभर्नर ,नागोया सिटीका मेयर ,नेपाली राजदुतावास जापानका राजदूत लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति रहने बताईएको छ।
चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को अर्को आकर्षण भनेको जापान लगाएत विश्वको बिभिन्न देशका हस्तकला माध्यमवाट देश चिनाउने अभियानमा लागेका हस्तकला नेपाली टीमको उपस्थिति रहने बताईएको छ।

यसमा तपाईको प्रतिक्रिया