टोकियो,११ बैशाख । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापान, कान्तो कमिटीले नेपाली नयाँ वर्ष २०७४ को शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियोको सिन्ओकोवुस्थित,रोधि क्लबको शभाहलमा आईतबार से कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानका कार्यवाहक अध्यक्ष बाबुराम भण्डारीको प्रमुख आतिथ्यतामा , मञ्चका कान्तो कमिटीका अध्यक्ष सुजन पन्त ,एनआरएनए जापानका अध्यक्ष सुदन थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका महासचिव तथा पर्यटन दुत अनुज थापा,जनसम्पर्क समिति जापानका कार्यवहाक सभापति पुस्कर जंग थापाको विशेष आतिथ्यता साथै एनआरएनए सचिव बुद्दिराज घिमिरे ,प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष् सिदार्थ श्रेष्ठ,उपमहासचिव राजेन्द्र श्रेष्ठ ,सचिव विकास पौडेल,चुवु अध्यक्ष अशोक अधिकारी लगायतका व्यतित्वहरुको उपस्थिति रहेको थियो ।
कमिटीले टोकियो कमिटीका पूर्व पदाधिकारीहरु तथा नव निर्वाचित पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले लगायतका पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।
प्रवासी नेपाली मञ्च कान्तोका अध्यक्ष सुजन पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधित्वमा हुभकामना आदनप्रदान गरि सम्पन्न् भएको थियो ।