मन्दिर धाउछ्यौ के वर माग्यौ ए मेरी काली ।
दियोबत्ति फूलपाति हातमा सधै बोकि थाली ।।
मुसुक्क मुस्कुराउछ्यौ मन्दमन्द मुस्कानमा ।
दिलनै चोर्ने चिटिक्क लाएर ओठमा लाली ।।
आउदैन बाहाना यथार्थभित्र जिउनुछ मलाई ।
अरुझैझुटो मायाको खेतिहोईन गर्दिन जाली ।।
खै किन तिम्रै समिपमा मात्रा लाग्छ आईरहुँ ।
मन्जुरनै छु म त सिउदो भर्न तिम्रो त्यो खाली ।।
हारदिन म जितकै प्रतिबिम्बलाई अँगाल्ने छु ।
हुन्छमात्र भनेर हेर जीन्दगीको बन्ने छु माली ।।
– स्मृति मोक्तान