जापान । नेपाली तीन जना युवा व्यवसायीहरुले टोकियोको मुटु व्यवसायी व्यस्त सिटी शिन्जुकुको मारूइचि भवनको आठौ तलमा नयाँ रेस्टुरेन्ट खाेलेका छन् ।
अत्याधुनिक सेवासुविधा भएको भवनमा एशियन रेष्टुरेण्ट एण्ड बार जस्मिन नामको नयाँ रेष्टुरेण्ट आज नोभेम्बर १७ तारिखबाट संचालनमा ल्याएको हो ।
विशेषगरि एशियामुलको स्वाद नेपाली, थाई स्वाद दिने गरि करिब ४ करोड येन लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएको संचालक तथा रेष्टुरेण्टका म्यानेजर जीवन पाण्डेयले जानकारी दिनुभयो ।
नोजोमी कर्पोरेशन जापानले संचालन गरेको जस्मिनको तेस्रो शाखा शिन्जुकुको आज एक समारोहबीच उद्घाटन भएको छ ।
जापानकाे टोकियो महानगरको शिन्जुकु कु को शिन्जुकु रेल स्टेसन बाट २ मिनेट पैदल पछी मारूइची नामको अत्याधुनिक बिल्डिङमा जस्मिनको नयाँ शाखा संचालन भएको हो ।
व्यवसायिक अनुभव र आफ्नो दैनिक खट्ने खटाइले राम्रै प्रतिफल दिनेमा ढुक्क रहेको म्यानेजर पाण्डेयले बताउनु भयो ।
जापानमा रहनुहुने सबै नेपाली दाजूभाइ दिदि बहिनीहरुलाइ आजबाट औपचारिक रूपमा संचालनमा आएको जस्मिनमा आइदिन संचालक पाण्डेयले आग्रह गरेका छन् ।
सम्पर्कको लागि
Jiban Pandeya
ジバン パンデ
Manager
☎️03-6980-0044
📞080-2430-3585
✉️Jpandeya641@gmail.com
ASIAN DINING & BAR JASMINE
〒160-0022
Tokyo To Shinjuku-Ku Shinjuku 3-1-26 F8

