टोकियो । जापानमा २२ वर्षअघि स्थापना भएको मयुर कर्पोरेशन लिमिटेडले नेपालमा उत्पादित एकसाथ चारवटा नयाँ वस्तु विक्रि थालनीको लञ्च गरेको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाको ५औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान सहित नोभेम्वर १३ तारिख आइतबार टोकियो ओकुबो स्थित ग्लोबल बजार चटामरी रेष्टुरेण्टमा एक कार्यक्रम आयोजना गरि लंच तथा सम्मान गरिएको हो ।
जापानवासी नेपालीहरुलाई सूचना सम्प्रेषण गराउन नेपाल पत्रकार महासंघ जापान शाखा र आवद्ध पत्रकारहरुको महत्वपूर्ण भूमिका रहकाले यसको उच्च मूल्यांकन सहित सम्मान कार्यक्रम आयोजना गरिएको सो अवसरमा कर्पोरेशनका अध्यक्ष अरुण श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्तकुमार पहरी, सचिव राजन गौतम, सहसचिव द्धय सजिना मोक्तान र विश्वास आचार्य सहित कार्य समिति सदस्य लक्ष्मि पौडेल तथा विष्णु सापकोटाको उपस्थिति रहेको थियो । साथै नागरिक दैनिकका जापान प्रतिनिधि नारायण रिमाल एवं जापान समाचारका सह सम्पादक ज्याक खड्काको उपस्थिति रहेको थियो ।
नवनिर्वाचीत कार्यसमितिका पदाधिकारीहरुलाई कर्पोरेसनका प्रमुख श्रेष्ठ सहित गैरआवासिय नेपाली संघ जापानका कार्यवाहक अध्यक्ष नविन न्यूरे, जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल लगायत सहभागीहरुले खादा ओडाएर सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
जापानमा नेपाली वस्तु तथा सेवाको प्रचार, विक्रि वितरण र प्रर्बद्धन गर्दै आएको व्यावसायिक कम्पनी मयुर कर्पोरेशनले आगामी दिनहरुमा पनि नेपालमा उत्पादित बस्तु जापानी तथा विश्व बजारमा पुराउन सक्दो प्रयास गर्ने र आर्थिक रूपमा देशलाई मजबुत बनाउन टेवा पुराउने कम्पनीका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
जापानमा नेपाली खाद्य पदार्थ चाउचाउ देखि खुकुरी रम मादक पदार्थ सहित एक दर्जन बढि नेपाली उत्पादनको विक्रि अधिकार पाएको मयुर कर्पोरेशनले एकसाथ चारवटा नयाँ वस्तु विक्रि थालनीको घोषणा गरेको छ ।
कार्यक्रममा कर्पोरेशनले अर्ना नामको दुई प्रकारका वियरको विक्रि थालनीको घोषणा गरेको छ । जसमा ५.५ प्रतिशत मात्रा अल्कोहल र ८ प्रतिशत अल्कोहल रहेको स्ट्रोगं अर्ना बियरको विक्रि थालनी गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्याकिङसहित कर्पोरेशनले नेपालमा हालसम्मकै धेरै मात्रा अल्कोहल रहेको अर्ना बियरको जापान विक्रि वितरण सुरुवात गरेको हो । जापानमा रहेका नेपाली रेष्टुरेण्ट तथा नेपालीहरु सहित जापानी बजारलाई लक्षित गरेर बियरको जापान विक्रि थालिएको सो अवसरमा जानकारी दिइएको छ ।