टोकियो । उच्च शिक्षा अध्ययनका लागि जापान आएको २ महिनामैं एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।
नुवाकोट घर भएका प्रवीण नेपाल थरका युवा शुक्रवार टोकियो स्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।
नुवाकोट बेलकोट गढि घर भएका उनि करिव २ महिना अघि मात्र जापान आएको बुझिएको नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।
टोकियो स्थित सुमिदा कुमा आफु बस्दै आएको कोठामा नेपाल मृत भेटिएको र हाल प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
नेपाल स्थित परिवारसँग सल्लाह गरेर घटनाको बारेमा अनुसन्धान सहित शव व्यवस्थापन र अन्तिम दाहसंस्कार गरिने बारेमा परिवार, नुवाकोट समाज जापान र एनआरएनए जापानबीच कुराकानी गरि जापानमैं दाहसंस्कार गर्ने एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।
टोकियो प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेकाले आतइबारसम्ममा विस्तृत जानकारी दिने बताएको नुवाकोट समाज जापानका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
मृतक प्रवीण नेपाल टोकियो म्यानेजमेन्ट कलेजमा अध्ययनरत थिए ।
मृतकको बाबु आमा अर्धचेत अवस्थामा रहेकोले ठुलो बुवाले लिखित पत्र पठाउनु भएको छ । मृतक नेपालको जापानमा कोहि नभएकोले सबै जिम्मा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीलाई दिएको छ ।
सहयोग रकम निम्न खातामा फुरिकोमी गरिदिनुहुन अनुरोध गरेको छ ।
जेपि अकाउन्ट १०१४०-५८२२००५१
ヌワコトサマズ
मृतक प्रवीण नेपालको परिवारले जापानमा पठाएको पत्र


