शुक्रबार, बैशाख ०७, २०८१

नेपाली फिल्म ‘लाखे’ को टोकियोमा नोभेम्बर १३ मा प्रदर्शन हुने

जापान । थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापानको राजधानी टोकियोमा नोभेम्बर १३ मा प्रदर्शन गरिने भएको छ। नेपाली मौलिकतामा आधारित नेपाली कथानक चलचित्र ‘लाखे’ को टोकियोबासी नेपालीलाई देखाउनका लागि चित्र गुरुङले ब्यवस्थापन गर्नु भएको छ।

अब टोकियो सिटी जापानमा पनि यहि नोभेम्बर १३ तारिख आईतबार मुरा हल शिनओकुबोमा प्रदर्शन हुदैछ एक सय जनाको मात्र सिट भएकोले अग्रिम टिकट बुकिङ् गर्न अपिल गरेको छ ।
जापान निवासी युवा जेबी गुरुङले फिल्मको जापान प्रदर्शन अधिकार किनेसंगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्ल बताउँछन् ।
निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण थापा,आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी जिएम हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । फिल्मको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा,सम्वाद आकाश बरालले लेखेका छन् ।