बिहिबार, बैशाख १०, २०८३

टोकियोमा दिदीबहिनीले सामुहिक भाई टिका लगाउने

जापान । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको विशेष दिन भाईटिकाको दिन सामूहिक भाईटिका लगाउने भएका छन ।
तिहार अर्थात् शुभ दीपावली २०७९ को अवसरमा टिकाको विशेष दिन सामूहिक भाईटिका लगाउने भएको हो ।

जापानमा लामो बसाईको अन्तरालमा नेपाली समाजमा देखेको भोगेको कुराहरूमा बिशेष गरी हामी नेपालीहरूको विभिन्न चार्ड पर्व आउंदा जापानबासी नेपालीहरुले आ-आफ्नो धर्म सस्कृति जातीय भेगिय हिसाबले जसो तसो भएको मनाईरहेको पाइएको छु हरेक पर्वमा शुभकामना आदन प्रदान र शुभ दीपावलीको विशेष दिन भाईटिका सामूहिक रूपमा लगाउन लागेको अनिता गुरुङले जानकारी दिनुभयो ।
जापानमा रहेको कलाकार /नेपालदेखी कलाकार बोलाएर भव्य तरिकाले कार्यक्रम गरेको पाइन्छ । त्यस्तै तिहारको बेला पनि विभिन्न संघ सस्थाले शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरी रहेको पाईन्छ तर यही तिहारको बिशेष दिन भाइटीकाको भने कसैले आयोजना गरेको खासै देखिएन र उक्तदिनको सामाजिक संजालहरूमा दाजुभाइले टिका लगाउन नपाएको अथवा दिदीबहिनीहरुले पनि सामाजिक संजालबाट नै शुभकामना दिएको भने प्रसस्त नै पाईन्छ । यसो हुंदा अहिले जापानमा नेपालीहरू सवा लाख पुगि सकेको र आउने क्रम जारी रहेकोमा प्राय: युवा वर्गहरू नै धेरैछन र सामाजिक संजालमा मात्र सिमित रहने हो भने हाम्रो संस्कार संस्कृति बिस्तारै लोप हुने देखिन्छ यो हुन नदिनको लागि हामी केही दिदी बहिनीहरू मिलेर यो बर्ष सामुहिक भाइटिका आयोजना गर्ने निधो गरेकाले यस कार्यक्रममा जो कोहि पनि आउन सक्नु हुनेछ र यो कार्यक्रमले भाइटीकाको न्यास्रो मेटाउन मद्दत पुग्ने विश्वास लिएको गुरुङले बताउनु भयो ।

बिदेशमा भएको हुनाले बिदेशी नागरिकहरू पनि आएमा सु स्वागत गर्ने हामी नेपालीहरूको संस्कृति बारेमा उनिहरूलाई पनि जानकारी मिलोस र नेपाल भ्रमणमा जान उत्साहित मिल्ने अपेक्षा लिएको इन्दिरा सुजुकीले बताउनु भयो ।

पहिलो पटक सामूहिक भाई टिका कार्यक्रम
तपशिल :
मिति : २७ अक्टुबर २०२२, बिहिबार
स्थान : रोयल गार्डेन , रेष्टुरेण्ट सिनओकुबु ,टोक्यो
समय : दिनको १२:१५~५:०० बजे सम्म

आयोजक
दिदीबहिनी समूह जापान
सम्पर्क : ०७०-७५६०-२१७२(Anita)
: ०९०-४६६६-९४६५ (Indira)
:०९०-६१९१-११६० (Laxmi)