शुक्रबार, बैशाख ०७, २०८१

र्यापर भिटेन र डीजे नानीले जापानमा, टोकियोमा अक्टोबर ९ मा लाईभ कन्सर्ट

जापान । चर्चित र्यापरको रूपमा परिचित भिटेन अर्थात् समिर घिसिङ र डीजे नानी शर्मिला महर्जन जापान आइपुगेका छन ।

दसैंमा जापानमा सांगितिक प्रस्तुति दिन कलाकारद्वय भिटेन र डीजे नानी शनिवार बिहान नारिता विमानस्थलबाट जापान आइपुगेका हुन ।

दसैंमा र्यापर भिटेन र डीजे नानीले जापानको ६ शहर तताउने भएका हुने भने टोकियोमा अक्टोबर ९ तारिखमा लाईभ कन्सर्ट आयोजना गरेको छ ।

शब्दावली उट्पट्याङ र अशोभनीय हामी यस्तै त हो नि ब्रो’शीर्षक चाहिँ, चुरोट, बैनी, लफंगा आफ्नो जीवन-भोगाई मिसाएर गीत लेख्ने, गाउने भएकाले भिटेनको गीतमा एउटा जमात तुरुन्तै एकाकार भइहाल्छ ।

लामो समय पछि फेरी पनि टोक्योसहित जापानको आधा दर्जन शहरमा भिटेन ए डीजे नानीले सांगितिक प्रस्तुति दिने फिक्स भएको आयोजक संस्था दाजुभाई इण्टरटेनमेंटका राकेश रुम्बाले जानकारी दिनु भयो ।

VTEN र DJ Nani को प्रस्तुति Shinjuku City को
(WARP CLUB ) मा अक्टोबर महिना को ९ तारिख आईतबार हुँदै छ ।