जापान । गैरआवासीय नेपाली संघ(एनआरएन) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा सम्पन्न गरेको नेपाल फेष्टिवल २०२२ को आयब्याय सार्वजनिक गरेको छ ।
गत जुलाई महिनाको ३० र ३१ तारिख टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको हो ।
एनआरएन जापानले सार्वजनिक गरेको आयव्ययको हिसाब अनुसार नेपाल फेस्टिवल टोकियो पहिलो पटक आर्थिकरुपमा नाफामा देखिएको जानकारी दिएको छ । विगतका नेपाल फेस्टिवल सँधै घाटामा जाने गरेको थियो। शुक्रबार साँझ एनआरएन जापानले आयोजना गरेको प्रेसमिटमा कोषाध्यक्ष कृष्ण गैरेले २१ लाख ७५ हजार ५ सय १५ येन बचत भएको जानकारी दिए।
टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ८ लाख येन उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा फेष्टिवल आयोजक समितिका आर्थिक संयोजक नवीन न्यूउरेले बताउनु भयो ।
नेपाली राजदुतावास जापान र एनआरएन जापानले सयुक्त आयोजना गरेको फेस्टिवलमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले विशेष आयोजना गरी नेपाली कला संस्कृति, भेषभुषा, नेपाली खाना आदिका बारेमा जापानी नागरिकलाई जानकारी दिँदै जापानमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो।
जुलाईमा सम्पन्न भएकाे १२औं नेपाल फेस्टिवललाई राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गरेका उदघाटन गरेका थिए। यस वर्ष जापानमा नेपाल फेष्टिवल टोकियो, फुकुओका र नागोंया गरी ३ ठाउँमा सम्पन्न गरेको थियो ।
नेपालीहरुको माँझमा जापानको ईतिहासमै पहिलो पटक आर्थिक तथा भौतिक रूपमा सफल, पारदर्शिता र सजग मानिएको र यसपालि नेपाल फेस्टिबल २०२२ले ईतिहॉस रचेको बताउदै एनआरएनए जापानका अध्यक्ष तथा फेष्टिवल मूल आयोजक समितिका संयोजक शिबप्रसाद पौडेलले सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु, उदार दिलभएका स्पोन्सर तथा व्यावसायी, एनसीसी तथा आइसीसीका अग्रज एवं सहयात्री साथीहरु र सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद तथा आभार प्रकट गरेका छन ।

