शुक्रबार, चैत १६, २०८०

जापानमा फिल्म ‘लाखे’ को प्रदर्शन हुने, जेबी गुरुङले वितरण गर्ने

जापान । सस्पेन्स थ्रिलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ ।

जापान निवासी युवा व्यवसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् ।

फस्र्टलुक पोस्टरसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्ल बताउँछन् । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले जानकारी दि

निर्देशक सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, अर्पण थापा,आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

कार्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी ९जिएम० हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा,सम्वाद आकाश बरालले लेखेका छन् ।