मङ्गलबार, असार ०९, २०८३

शेर्पा संघ जापानको १३औं अधिवेशन अक्टोबर २ तारिख टोकियोमा हुने

जापान । शेर्पा संघ जापानको १३औं अधिवेशन अक्टोबर २ तारिख हुने भएको छ । नेपालबाट रोजगारको लागि जापान आइ विभिन्न भिषामा आबद्द रही कर्म गरी राख्नु भएका शेर्पा दाजुभाइ दिदीबहिनीहरुको संस्था शेर्पा संघ जापानको अधिवेशन हुन लागेको संघका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

विभिन्न लक्ष्य र उदेश्य लिई दुइ दशक अगाडिबाट नै अग्रज दाजु दिदीहरुबाट शेर्पा संघ जापानको स्थापना गरी समय परिस्थिति अनुसार नेतृत्व परिवर्तन गर्दै यहॉसम्म आइ पुगेको ईतिहास तपाई हामी धेरैलाई सर्व विधितै भएकाले यस पटकको १३औ अधिवेशनमा पनि साथ, सहयोग गर्न सबैलाई वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले आग्रह गर्नु भयो ।

वर्तमान कार्य समितिको कार्यकाल समाप्त भइसकेको तर कोरोना आदि ईत्यादिले अवधी लम्बी रहेको र कार्य समितिको धेरै साथीहरु आआफ्नो कार्य व्यस्तताको कारण समय दिन नसक्ने पनि हुनु भएकोले औपचारिक रुपमा अधिवेशन गरी नयॉ नेतृत्वको कार्यसमिति चयन गर्न गइरहेको शेर्पा संघ जापानले जानकारी गराएको छ ।

जस अनुसार अक्टोबर २ तारीख आइतबार उपस्थितिको लागि शेर्पा नुब आई तङ नुम तेरीला रोयल गार्डन रेस्टुरेण्ट, सिनओकुबोमा बिहान ११ बजे हार्दिक निमन्त्रणा गरेको छ ।