मङ्गलबार, असार ०९, २०८३

प्रवासी नेपाली मञ्च जापानको २१औं अधिवेशन सम्पन्न, अध्यक्षमा खरेल चयन

जापान । प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीको २१औं अधिवेशन सम्पन्न भएको छ । टोकियोको कामतामा सेप्टेम्बर ४ तारिख आइतबार सम्पन्न २१औं अधिवेशनबाट अध्यक्षमा कुलचन्द्र खरेलको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
मञ्चको चार उपाध्यक्षमा बाबुराम भण्डारी, अर्जुन अधिकारी, प्रकाश ढकाल र श्रृजना केसी, सचिबमा राजेन्द्र श्रेष्ठ, तीन उप-सचिवमा महेन्द्रकुमार अधिकारी, बुद्धिराज घिमिरे, कृष्टिना भण्डारी निर्वाचित हुनु भएका छन् ।
त्यसै गरी सदस्यहरुमा पशुपति गिरी, विकास पौडेल, कृष्ण खनाल, शंकर रिमाल, मनोज श्रेष्ठ, गम्भीरजंग बस्नेत, अच्युत लोहनी, नारायण पौडेल, महेश खड्का, सुमी रायमाझी, चेतन दाहाल, राकेश लामा, विजय गुरुङ, दीप पाठक, अर्जुन आचार्य, मथुराम लामिछाने, सागर भुषाल, बलदेव केसी, कृष्ण भुषाल, धनराज जोशी, राज्यमान छारा, हरि पौडेल, अनुजराज क्षेत्री र दिपक घिमिरे सर्वसहमति चयन गरेको हो ।

नेकपा एमालेका सयी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रम्ख् आतिथ्यतामा सम्पन्न अधिवेशनका क्रममा प्रतिनिधि छनौट केही समय स्थगित हुन पुगेको थियो । दुई पक्षबिच वार्ता बसरेर सर्वसहमति नयाँ नेतृत्व चयन गरेर विवाद समधान गरेको थियो ।
प्रवासी नेपाली मञ्च जापानको नव निर्वाचीत अध्यक्ष खरेलले आफ्नो नेतृत्वमा बनेको कमिटी एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता गर्दै जापानका सम्पूर्ण नेपाली संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढ्ने जनाउनु भएको छ ।