बिहिबार, बैशाख १०, २०८३

जापानको नागोयामा नेपाल फेष्टिबल २०२२ को तयारी पुरा, पूर्वमन्त्री रिजालले उदघाटन गर्ने

कविकिरण न्योपाने, जापान । टोकियो, फुकोओकापछि आयोजना गरिएको जापानको नागोया शहरमा हुन लागेको नेपाल फेष्टिवलको तयारी पूरा भएको छ ।
प्रचार-प्रसार समितिका उप-संयोजक प्रतिक कार्कीका अनुसार आयोजक समितिको क्रियाशिलताका कारण फेष्टिवलको तयारी सोचे भन्दा छिटैं पुरा भएको छ।
अब केहि साना -मसिना काम मात्र बाँकी छ, त्यो पनि निर्धारित समयमानै सकिन्छ उनले भने। त्यस्तै सेप्टेम्बर ३ तारिक सनिवार र ४ तारिक आईतवार हुने नेपाल फेष्टिबलको तयारी पूरा भएको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए ।

सेप्टेम्बर ३ तारिक फेष्टिवल उदघाट्न समारोहमा जापानका लागी नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, Aichi Prefecture Governor Hideaki Omura, Nagoya Mayor Takashi Kawamura लगाएत विषेश व्यक्तिको उपस्थिति रहने बताईएको छ। कार्यक्रमको प्रमुख अतिथि भने नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिनेंद्र रिजाल रहने आयोजक समिति संयोजक दिपक कार्कीले बताए ।

फेस्टिबल नागोयाको मुटु साकायको स्थित इडिओन हिसाया स्वायर पार्कमा हुँदै छ। यो फेष्टिबल नागोयामा दोश्रो पटक आयोजना लागेको हो। एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने उक्त फेष्टिबलमा स्थानिय संघसंस्था तथा व्यक्तिहरुको समेत उत्साहजनक साथसहयोग रहेको एनआरएनए नागोयाका उप- संयोजक कृष्ण गौतमले बताए।
फेष्टिवलको आय – व्ययलाई पारदर्शी गर्दै फेष्टिवल सकिना साथ सार्वजनिक गरिने फेष्टिवल आयोजक समितिका आर्थिक संयोजक डिलाराम खरेलको भनाई छ। फेष्टिवलको सम्पूर्ण आम्दानी खर्च बैक मार्फतबाट गरिएको उनि बताउछन्।

फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु रहने फेष्टिबलका स्टल ब्यबस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारिले जानकारी दिए। फेस्टिबलको हरेक गतिविधीमा सिस्टम र पारदर्शीतालाई ध्यानमा राखेर कार्य गरिएको उनको धारणा छ।
एनआरएनए आईसिसि सदस्य समेत रहेका फेष्टिबल मूल आयोजक समितिका संयोजक दिपक कार्की दोश्रो पटक नागोयामा नेपाल फेष्टिबल आयोजना गर्न पाएकोमा उत्साहित भएको बताउछन् । जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैबाट साथ र सहयोग रहेको उनि बताउँछन् ।
जापानमा भएका नेपाली फेष्टिवल मध्ये यस फेविटवल लाईअहिले सम्मकै भब्य बनाउन लागि परेको कार्कीको भनाई छ।

फेस्टिवलमा नेपाली कला संस्कृति तथा पहिचान बारे बिषेश प्रस्तुति रहने बताउँदै फेष्टिबल मूल आयोजक उप – संयोजक समेत रहेका अर्जून केसीले फेष्टिबललाई सभ्य र भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए।
फेष्टिवलमा नेपाली कला संस्कृति झल्कने भेषभूषा, कला , खानपिन तथा रहन सहनको बारेमा प्रस्तुती रहने बताईएको छ।
एनआरएनए जापानका सचिव समेत रहेका फेष्टिबल आयोजक समितिका सचिव श्याम सितलका अनुसार फेष्टिबल गर्नु मात्र ठूलो कुरा नभई, फेष्टिबलमा व्यवस्थापन कस्तो थियो भन्नेले महत्व राख्ने धारणा राख्छन । त्यस्तैले फेष्टिबललाई उत्कृष्ट व्यवस्थापन गर्दै भब्य बनाईने उनले बताए ।