मङ्गलबार, असार ०९, २०८३

नागोया तीज फेस्टिवलमा विद्यार्थीहरुलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट

निशान राना, काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज जापान नागोया क्षेत्रको आयोजनामा यही महिनाको ३१ तारिक वुधवार नागोया कोकुसाइ सेन्टेरमा गर्ने भनिएको नागोयो तीज फेस्टिवलमा विद्यार्थीहरुलाई सहुलियत स्वरुप प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिएको आयोजकले जानकारी दिएका छन् ।

अहिले नागोया शहरमा विगतका वर्षहरुको तुलनामा नेपाली विद्यार्थीहरुको संख्या बढे संगै विद्यार्थीहरुमा आर्थिक लागएतका विविध समस्या देखा परेको र आफ्नै ठाउँमा हुने तीज फेस्टिवल जस्तो महान पर्वमा केही मात्रमा भएपनि विद्यार्थीलाई सहुलियत होस् भन्ने हेटुले ५० प्रतिशत छुट गरिएको संस्थाका अध्यक्ष निशान रानाले बताएका छन् ।

केही वर्ष यता जापानको विभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेका यस समाजले यस वर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि नेपाली लोकदोहोरी क्षेत्रका वरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ र चर्चित लोक दोहोरी गायक पशुपति शर्मा जापान आउने भएको छ । भने जापान मै कर्म थलो बनाएका मिठो स्वरको धनी प्रदेशी गायक सुर्य खड्का लागएत स्थानिय कलाकारहरुको पनि थप प्रस्तुती रहने छ ।

समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई आकस्मित रुपमा भैइपरी आउने दैविक प्रकोप लगायत विविध आपत विपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष सहयोगार्थ “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनु हुनको लागि सस्थाका उपाध्यक्ष तथा कार्यक्रम सन्योजक मित्र सिग्देलले अनुरोध गरेको छ ।

समाजको तीज कार्यक्रम नागोया लगाएत टोकियोमा यही महिनाको २८ तारिख आईतवार नाकनो जेरो हलमा र सिजुओकामा २९ तारिख सोमबार आईसेरु २१ हल हुने तय भएको छ ।