टोकियो । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले अगस्ट ९ अर्थात २८ औं विश्व आदिवासी दिवस शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको छ।
जापानमा आधिकारिक रुपमा 一般社団法人 NEFIN JAPAN दर्ता रहेको नेफिन जापानले २८ औं विश्व आदिवासी दिवस अगस्ट १४ तारिख शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको हो ।
“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृती संरक्षणको लागिहाम्रो अभियान” भन्ने मुल नाराका साथ नेफिन जापानले २८ औं विश्व आदिवासी दिवस २०२२ को अवसरमा अगस्ट १४ तारिख टोकियोको सिनओकुवो स्थित सोलमारी मुरा हलमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम नेफिन जापानको आयोजना र नेफिन जापानमा आवद्ध जापानमा क्रियाशिल ११ वटा एकल जातिय संघसंस्थाको सहआयोजनामा विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको थियो।
महासंघका अध्यक्ष सन्जिव चाम्लिङ राईको अध्यक्षतामा सदस्य प्रमिला राईले संचालन गरि कार्यक्रम सम्पन्न भएको थियो।





