टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानले जापानव्यापी खुला कविता प्रतियोगिताको आयोजना गरेको छ ।
अनेसास जापान-सिटी एक्सप्रेस साहित्य पुरस्कारको लागि जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अनेसास जापानको आयोजना र सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको प्रायोजनमा आयोजना गरिएको हो । यो भन्दा अघिल्ला वर्षहरूमा पनि “अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार ” तीन पटक बितरण गरिसकिएको छ ।
प्राप्त कविताहरू मध्येबाट उत्कृष्ट ३ जना कविलाई अनेसास जापानले जनही २५,००० जापानी येन नगद र प्रमाणपत्र सहित सम्मान गर्नेछ । जापानमा रहेर कवितामा कलम चलाउनुहुने सम्पूर्णमा ,अन्तिम मिति : १५अगस्ट, २०२२ भित्र , ईमेल ठेगाना: nepaliwritersinjapan@gmail.com मा कविता पठाइ सहभागिताको लागि हार्दिक अनुरोध गरेको छ ।
- कविताको शीर्षक र विषयवस्तु खुला रहने छ ।
- कविता बढीमा २०० शब्दसम्मको हुनु पर्नेछ ।
- प्रतिस्पर्धी कविले जापानभित्रै स्थायी वा अस्थायी रूपमा बसोबास गरेको हुनु पर्नेछ ।
- कविता १५ अगस्टभित्रमा पठाइसक्नु पर्नेछ ।
- विगतका उत्कृष्ट पुरस्कार विजेता कविले सहभागी हुन पाइने छैन ।
- उत्कृष्ट ३ जना कविलाई जनही २५,००० येन र प्रमाण
- पत्र उपलब्ध गराइने छ ।
- कविता पठाउनु पर्ने ठेगाना:inlsjapan.poemcontest2022@gmail.com
- अन्तिम मिति : १५ अगस्ट , २०२२

