मङ्गलबार, बैशाख ०८, २०८३

रामेछाप समाज जापानले अगस्ट २८ तारिख टोक्योमा रामेछाप तीज साँझ गर्ने

जापान । रामेछाप समाज जापानले आउँदो अगस्ट २८ तारिख टोक्योमा रामेछाप तीज साँझ गर्ने भएको छ ।

आइतबार पुनर्गठित रामेछाप समाज जापानको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
नेपालको विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोगार्थ रामेछाप तीज साँझ र दर खुवाउने कार्यक्रम गर्ने समाजका संयोजक शान्त पहरीले जानकारी दिनुभयो ।

जुलाई ४ तारिख एकता कर्पोरेशनको कार्यालयमा बसेको बैठकमा रामेछाप समाज जापानको विधान संशोधन २०२२ तयार गरि छलफल र रामेछाप तीज साँझ २०२२-८-२८ तारिख टोक्योमा भव्य रूपमा आयोजना गर्न बिनुका खड्काको संयोजकत्वमा तीज कार्यक्रम संयोजन समिति निर्माण गरेको हो ।
रामेछाप समाजको नयाँ कार्य समिति र विधानको बारेमा छलफल गर्न रामेछापेलीको अबको आइतबार जुलाई १० तारिख साँझ ५ बजेबाट टोक्योमा भेंटघाट गर्न संयोजनको लागि पुनर्गठित रामेछाप समाज जापानका संयोजक पहरीलाई जिम्मा दिएको छ । अर्कों हप्ताको भेलाले विधान बारेमा छलफल गरि तीज कार्यक्रम र नयाँ कार्य समितिको खाँका तयार गरि अगडी बढन समाजका संस्थापक अध्यक्ष निकेश श्रेष्ठले आग्रह गर्नु भयो ।

स्मरण रहोस रामेछाप समाज जापानले कोभिड महामारीअघि नेपालबाट कलाकार जापान ल्याई रामेछाप सांस्कृतिक साँझ, तीज साँझ लगाएको कार्यक्रम गरेको थियो ।