शुक्रबार, फागुन ०२, २०८१

घरदेशदेखि परदेशसम्म मेरो अनुभूति

हाम्रो देश नेपाल, हामि नेपाली हिमाल, पहाड,तराई कोहि छैन पराई हामि विभिन्न प्रकारका भाषा, धर्म,
सँस्कृति, रितिरिवाज मनाउँदै माया ममता र सद्भावले मात्र नभएर प्रकृतिको सुन्दरताले भरिएको र जलस्रोतमा पनि विश्वकै धनि देश, विश्वकै सर्वोच्च शिखर सगरमाथा सेतो दन्ते लहर मन्दमुस्कानमा हाँसिरहेको देख्न पाउँदा मठमन्दिरले भरिएको, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्ता सुन्दरताले भरिपुर्न मनोमोहक ठाँउहरु त छदै छ ।

आकाश जस्तो फराकिलो मन बोकेर विश्वका जन्कारहरु तर्दै दुस्ख सुख, पिडा अनि उमंगका साथ विदेशी पाहुनाहरुको आगमन भएको पनि देख्न पाईरहेका छौं नेपाललाई , हो नेपाल देश सानो छ तर यहि नेपालको काखमा लडिबुटि खेल्दै नेपालको संस्कार, परम्परा, रितिरिवाजमा हुर्केका हामी नेपालीहरुको मन अरु देशको मानिसको भन्दा अलि फराकिलो र भिन्न छ भन्दा कसैको दुई मत नहोला ।
दुख लाग्दो कुरा यहि हाम्रा नेता र राजनीतिक राम्रो नभएकै कारण रोजगारको शिलशिलालाई अगाँलेर विदेशिनु वाध्यता भएका छौं हामी नेपाली । दिनप्रतिदिन हजारौ नेपाली दाजुभाई दिदीबहिनिहरु मिठामिठा सपनाका महलहरु बुनेर चटक्क जन्मभुमिलाई छोडेर खुल्ला आकाशको छानोभित्र विभिन्न देशहरुमा कर्मथलो बनाएर निरासभित्रको ठुलो आशमा बसिरहेका हामी नेपाली पिल्डभित्रको दिलमा वाफिरहेका छौं ।

एकअर्कामा नेपाली मनहरु माया,ममता, साथ र सहयोग गरिरहेको देख्दा र आफ्नो भाषा, धर्म,संस्कृति, परम्परालाई विदेशी भुमिमा रहेर पनि पुर्खाको शानलाई जोगाईराख्न पाउँदा साच्चिकै वीर गोर्खालीका छोराछोरी हामी नेपाली कति स्वाभिमान हाम्रो आफ्नै अस्तित्व हाम्रो आफ्नै पहिचान वाह कति राम्रो हामी नेपाली सबैको मनमा लाग्न सकिन्छ ।
म आफै पनि आफ्नो देश भन्दा बाहिर छु,संसारको जुनसुकै ठाँउमा छरेर रहे पनि आफ्नो कलासंस्कृति, परम्परा मात्र नभएर दिनदिनै नयाँ नयाँ संघसंस्था,संगठनको जन्म पनि भईरहेका छन् एक अर्कालाई दुख पर्दा आफ्नो देशभित्र रहेका अपांग, असहायहरुलाई हात र साथ दिनको लागि बढिरहेका मनहरु देख्न पाउँदा खुसि लागेर आउँछ।आफ्नो देश भन्दा बाहिर भएकै कारण विभिन्न देशको साथीसँगि सँग घुलमिल हुने बोल्ने मौका पाईरहेका छौं जस्तै स्चीन, कोरिया, अमेरिका, जापान, जर्मन,पोर्चुकल,वेलायत, हनकन ,सिंगापुर ,भारत,माल्दिभस,शृलका,मलेशिया,भूटान,भेतनाम,म्यानमार,थाईवान यस्तै गरि अन्य देशका साथिहरु सँग उनिहरुको देश र उनिहरुको देशमा मनाउँदै आएका रितिरिवाज र संस्कार, साथ र सहयोगको बारेमा दुस्ख कष्ट परेमा आफु कि त आफ्नो परिवारबाट मात्र साथ मिल्छ अरुबाट हुन्न भन्ने कुरा र हामी अरुको देशमा रहेर नेपालीहरुले जसरी जे जति आफ्नो देशमा मनाउँछ त्यो सबै मनाउदिन भनेको सुन्दा हामी नेपाली विदेशमा नै बसेर पनि नेपालको हरेक चाडपर्व मनाउछौ ।

हामी जसरी घरदेश नेपालमा आफनो कला ,संस्कृति पुर्खाको शानलाई मानसम्मान गर्दै हाम्रो देश नेपालको छुट्टै पहिचान दिन पाएका छौं त्यो भन्दा परदेशमा पनि त्यहि किसिमको कला ,संस्कृतिलाई म नेपाली हुँ भनेर गर्व गर्न पाउँदा गर्व लागेर आउँछ ।
नेपाली हामी रहुँला काहाँ नेपाल नरहे । वरिष्ट गीतकार नातिकाजी

लेखक स्मृति मोक्तान नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापानको सदस्य हुन ।