सोमबार, भदौ ३१, २०८१

पर्यटन नेपाल भित्र्याउन एनआरएनए जापानले प्रचार तीव्र गर्ने

शान्त पहरी,टोकियो,१७ चैत । अतिथि देव भव भन्ने मुख्य नारा बनाएर ग़ैर-आवासीय संघ जापानले नेपाली नयॉ बर्ष २०७४ को पावन अवसरमा अतिथि देव भव को र्याली गर्ने भएको छ ।
यहि बैशाख ३ गते अर्थात अप्रिल १६ तारिख आईतबार एनआरएनए जापानको आयोजनामा एनआरएनए आईसिसि उपाध्यक्ष भवन भट्टको संयोजकत्व र नेपाली दुतावासको बिशेष सहयोगमा साथै जापानमा बिधमान संघ संस्थाको सहयोगमा जापान स्थित् सम्पुर्ण एनआरएनए क्षेत्रिय कमिटिले एकै साथ “अतिथि देव भव “को र्याली गर्न लागिएको एनआरएनए जापानले जनाएको छ ।
सो र्याली सम्वन्धि तपसिल आचारसंहितामा रहेर कार्यक्रम गर्न क्षेत्रीय संयोजकहरुलाई अनुरोध समेत गरेको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।

तपसिल:-
१, र्यालिमा यातायातका साधनहरू प्रयोग गरिने छ ल्
२,आवस्यक पोस्टर सबै क्षेत्रलाई उपलव्ध गराउने छ ।
३, र्यालिमा प्रयोग गरिएको यातायातको ईन्धन स्वयं ब्यहोर्नु पर्ने छ ।
४,रोड अनुमति लिनु पर्ने भए समयमै सम्वन्धित निकायमा समन्वय गर्नुहुन अनुरोध गरिन्छ ।
५, सबै क्षेत्रमा एकै साथ १३:०० बजे बाट शुरु गरिने छ ।

६, र्यालिमा मादक प्रदार्थ सेव गर्ने ,हुटिङ गर्ने साथै नियम बिपरितका क्रियाकलाप गर्न पाईनेछैन ।
७, र्यालिमा अतिथि देव भव को पोस्टर , बुद्व भगवान नेपालमानै जन्मनु भएको सन्देश मुलक पोस्टर , नेपाल भ्रमण गर्नको लागि निमन्त्रणा जस्ता नेपाली पहिचान र चिनारी सम्वन्धि पोस्टर , सगरमाथा संगै नेपाल भ्रमणको लागि एेतिहासिक ठाउको पोस्टर को प्रयोग गरिने छ।