शनिबार, बैशाख ०५, २०८३

बुढेसकालमा देउबाले देखाएको दुरदर्शिता

रामहरि खपाङगी मगर ।

  • नेपालमा स्थानीय तह निर्वाचन सम्पन्न भई बिगत केही दिन अगाडि देखीको एउटा नाराले यो लेखक बडा अचम्मित् छ !
    यो जित कसको :- कांग्रेस माओवादीको ! माओवादी कांग्रेस :- जिन्दाबाद !
    क्या अचम्म ! क्या रमाइलो !
    २०५२ सालको जनयुद्धको थालनि देखी आजको दिनसम्म माओवादीलाई नै आफ्नो परमशत्रु ठान्ने कांग्रेसीहरुको जमात अझै उल्लेख्य छ । यिनै काला कंग्रेसीहरुले आजको दिन घन्काएको नारा बारे आउनुस् एकछिन् बहस् गरौं ।
    संसदिय ब्यबस्थाको सबै भन्दा पुरानो दल र प्रजातान्त्रिक बिचराधारामा अन्य कुनै बैकल्पिक पार्टी नभएको दल हो नेपाली कांग्रेस । आजको दिनमा बामपन्थी ध्रुब बाट आएका टुटेर फुटेर बनेका ठुला साना कैयौं बामपन्थी नामधारी दल हरु छन् तर प्रजातान्त्रिक बिचराधारामा कांग्रेस एक्लै छ । यस्तो समय कांग्रेसी हरुको लागि अवसर हो भन्दा फरक नपर्ला तर बिगतका कैयौं कुकर्म हरु बाट आजित जनताले अलिक अग्रगामी बिचार बोक्ने बामपन्थीहरुलाई बडो विश्वाश गरे शासन सत्ता सुम्पिए तर बामपन्थीहरु बाट झन ठुलो धोका खाएका जनता बिकल्प बिहिन अवस्थामा थिए र छन् ।
    यस्तो समयमा आफ्नो परमशत्रु ठानेको माओवादी सँग चुनावी तालमेल र गठबन्धनमा होमिएका कांग्रेस सभापति देउबालाई अस्ती सम्म आफ्नै पार्टी भित्र बाट गाली र आलोचनाको ओेइरो थियो तर चुनाबि परिनाम संगै कांग्रेसजनमा देउबा प्रती माया पलाएको छ सम्मान सृस्‍टि भएको देखिन्छ । यि निर्बाचित माँग्रेसी हरुले राम्रो गरे सम्मान नै होला नत्र बिना संगठन एउटा लौरो बोकेर लखेट्ने समय आउन धेरै कुर्न पर्दैन ।
    अघिल्लो स्थानिय,प्रदेश र संघिय निर्वाचनमा नमिठो चोट खाएको कांग्रेस एकाएक कसरी मौलायो ? कसरी जनताले विश्वास गरे ? यो पंक्तिकार यो प्रश्न नै सहि होइन भन्नेमा छ । वास्तबमा न कांग्रेस मौलाएको छ न सुध्रिएको बरु बामपन्थीहरुको बेमेल र आन्तरिक असन्तुस्टीको फाईदा लुट्यो भन्न जायज होला ।

यदी एमाले अध्यक्ष केपी ओलिमा थोरै मात्र पनि लचकता हुन्थ्यो, माओवादी अध्यक्ष प्रचन्डमा ढुलमुले प्रब्रित्ती हुँदैनथ्यो र नेकपा यथावत रहन्थ्यो भने नेपाली कांग्रेसले यो चुनावमा ऐया-आत्था भन्न नपाउने निस्चित थियो । तर केपी ओलिको उग्र दम्भ, प्रचन्डको सत्ता स्वार्थ र माकुनेको सानो चित्तलाई नजिक बाट बुझेका देउबाले प्रचन्डको पनि अस्तित्व जोगाइदिने र आफ्नो पार्टिलाइ स्थानिय सरकारमा मजबुत बनाउन जीबनको उत्तरार्धमा गठबन्धनको लागि जुन अडान लिए र सफल भए यसैलाई हेरेर पनि आजका काला कंग्रेसीहरुले बिपी,गणेशमान लाई भन्दा ज्यादा शेर बहादुर देउबालाई पूजा गरे फरक पर्दैन र प्रचन्डलाई रातो सलाम टक्र्याउन भुल्नु हुँदैन ।

रामेछाप हाल जापान