दुर्लभ बन्धु पोखरेल,
यतीबेला भरतपुरको राजनितीक तापमान ह्वात्तै बढ्दै गहिरहेको छ । स्थानिय निर्वाचनको मिती नजिकदै जादा देशभरनै राजनितीक गर्मागर्मी बढेपनी भरतपुर महानगरपालिका भित्रको तापमानको कारण भने के. पी ओली र प्रचण्ड बिचको कोल्डवार देखियको छ ।
नेकपा रहदै देखि जालझेल, आरोप- प्रत्यारोपले एक- अर्कालाइ खुइल्याउदै आएका नेता द्वय को लडाइले अन्तत नेकपालाई बिभाजनको तहसम्म पुर्यायो। बिभाजनपछी व्यक्तिगत टकरावमा उत्रेका नेता द्वय के.पी ओली र प्रचण्डलाई अदालतले आ-आफ्नो पुरानो बाटोमा फर्कन आदेश दिएपछी नेता द्वय बिचको लडाई कोल्डवारमा परिणत भयको छ। देश भरनै कोल्डवार को असर देखियपनी कोल्डवारको केन्द्रबिन्दु भरतपुर महानगरपालिका देखियको छ ।
भरतपुर महानगरपालिकामा प्रचण्डले आफ्नी छोरीलाईनै निरन्तरता दिन काङ्ग्रेससग गठबन्धनगरे। गठबन्धनलाईनै काउन्टरदिन चितवनको परिस्थितिमा एक शसक्त उमेदवार, भद्र, शालिन र चितवन को स्थानिय राजनितीमा निकै राम्रो छवि भएका बिजय सुबेदिलाई के पी ओलीले अगाडी सारेपछी ओली र प्रचण्डको कोल्डवार सतहमा आएको हो। सतहमा भरतपर महानगरपालिकामा प्रचण्डकी छोरी रेणू दाहाल र बिजय सुबेदिको प्रतिस्पर्धा देखिएपनी भित्रीरुपमा के.पी ओली र प्रचण्ड नै चुनाबी मैदानमा उत्रिएका छन। भरतपुर प्रचण्डको गृहजिल्ला र उसमाथी भरतपुरको मेयर एक कार्यकाल छोरीले चलाईसकेको अवस्ततामा प्रचण्डलाई आफ्नो साख जोगाउन पर्ने छ भने के.पी ओली प्रचण्डलाई उनैको क्षेत्रमा पराजितगरी आफ्नो राजनितीक उचाई थप बढाउन चाहन्छन ।
नेता द्वयनै भरतपुरको बिजयलाई आ-आफ्नो प्रतिष्ठाको बिषय बनायका छन । आफ्नो प्रतिष्ठाको लडाइमा मोहराको रुपमा छोरी र बिजय सुवेदी अगाडी सारेका ओली र प्रचण्डमा कसका मोहरा को माथी भारी पर्नेहुन हेर्न बाँकी छ। प्रचण्डले आफ्नो उचाइले ओलीको ढाडपनी नभेटेपछि छोरीलाई काङ्ग्रेसको कदर्कुटी चढाएका छन भने ओलीले बिजयलाई सुदृढ गर्न राप्रपाको टेको लगायकाछन। चितवन प्रचण्डको गृहजिल्ला भएपनी उनकी छोरी चितवनकोलागी अधिल्लो स्थानिय निर्वाचनमा झुल्केकी नयाँ चेहरा हुन । बिजय सुवेदी भने चितवनको राजनितीमा स्थापित नेताहुन, लामोसमय नेकपा एमालेको जिल्ला नेतृत्व समाल्ही सकेका बिजय सुवेदी प्रतिस्पर्धी राजनितीक दलहरुसग समन्वय गरेर कामगर्नसक्ने, चितवनको बिकासको गुरुयोजना निर्माणगरेका नेता हुन ।
प्रचण्डले छोरीलाई अगाडी सार्नुको कारण भरतपुर महानगरपालिकाले छोरीको नेतृत्वमा गरेको काम भनेपनी उनको परिवारमोह बाहेक अरु देखिदैन । समग्रमा भन्नेहोभने अरु महानगरपालिकाको तुलनामा भरतपुरमा राम्रो काम भएको देखिन्छ, तर भरतपुरको बिकाशमा भरतपुर महानगरपालिकाको भन्दा केपी ओली प्रधानमन्त्री हुदाको केन्द्रीय सरकारको भुमिका महत्त्वपूर्ण देखिन्छ। भरतपुरको देखिएको बिकास भनेको सडक संजाल , भरतपुर अस्पतालको सुधार, सिटीहल निर्माण पर्दछन् तर यी कुनैपनि बिकासमा महानगरको महत्त्वपूर्ण भुमिका देखिदैन ।
ठुला सडकहरू केपी ओलीले नै बिनीयोजन गरेको केन्द्रीय योजना अनुसार बिस्तार हुदैछ भने मध्यम सडक बिस्तारमा प्रदेश सरकारको बजेट देखिन्छ। माओबादिले जितेको केही वडाहरुमा भने भित्री सडक कालोपत्रेहुनुमा महानगरको भुमिका देखिन्छ। अस्पताल सुधारमाभने केन्द्रीय बजेट र नितीमा केपी ओलीले अगाडी सारेका पात्र बिजय सुबेदीको भुमिका महत्त्वपूर्ण देखिन्छ। रेणु दाहालको शासन कालको माहारानी शैली उनकोलागी प्रत्युत्पादक हुन सक्छ। उनले आफ्नो कार्यकालमा यस्तो घेराबन्दी गरेर बसिन की आम जनताले उक्त घेराबन्दी तोडेर उनको चेम्बरमा पुगेर उनिसग अफ्ना गुनासा राख्ने सामर्थ्यनै राखेनन्।
उक्त कुरा उनकै शुभचिन्तकले उनलाई बारम्बार उजागर गराएकैहुन । तर उनले उक्तकुरालाई मनन गर्न सकिन्न र सामन्ती सासककै झल्कोदिनेगरी उनले आफ्नो सासनकाल सकाएकाले पहुच बाहिरका उनकै कार्यकर्तालेपनि उनलाई नसघाउने देखन्छ।अघिल्लो निर्वाचनमा कदर्कुटी बोक्दा बोक्दै काँधमानै पिसाब फेरिदियकाले यसपटक काङ्ग्रेसले काँधमानै बोक्नसक्ने देखिदैन । हत्केलाकै भरमा काङ्ग्रेसले रणुलाई कतिन्जेल उचाल्न सक्नेहो हेर्न बाँकी छ। उसमाथी काङ्ग्रेसको एउटा हत्केलो आफैमाथी उठेको छ।
चितवन काङ्ग्रेसको अस्तित्बको लडाईभन्दै काङ्ग्रेसको केन्द्रीय निर्णयको बिरुद्धमा गठबन्धनकै बिरुद्धमा उमेदवारी गर्नु भयका जगन्नाथ पाैडेलाई मनाउन गठबन्धनले परिचालन गरेका गृहमन्त्री,अर्थमनत्री, पु्र्व प्रधान न्यायाधीश,व्यापारी हरुको दाैडधुप देख्दा कोल्डवार को केन्द्रबिन्दु भरतपुर भएको प्रस्टै देख्न सकिन्छ। अर्कातिर केपी ओलीको एमाले भित्र बिभन्न ठाउमा विभिन्न समस्या देखियपनी भरतपुरमा भने एमाले एक ठिक्काभएर अगाडी बढेको छ । एमालेले अरु पाटीको भन्दा अगाडीनै सर्वसम्मत रुपले बिजय सुबेदीलाई अगाडी सारेकाले उनले बेलैमा आफ्नो चुनाबी अभियान अगाडी बढाएका छन ।
जनताको घर घरमा पुगेर आफ्ना एजेन्डा र योजनाहरु जनतासामु बुझाउने माैका पाएका छन । तर उनले सबै एमाले कार्यकर्ता, असन्तस्ट गैर कम्युनिस्ट कार्यकर्ता, बुद्धिजीवी , शुभचिन्तक र सर्वसाधारण कसरी परीचालन गर्नेछन हेर्न बाँकी छ।
प्रचण्ड देउवाको बुताले सक्नेहोभने यही स्थानिय निर्वाचनमा ओलीलाई पत्तासाफ पार्ने र संघीय निर्वाचनमा छोरी,बुहारी, भाई,भतिजहरुको झुन्डबनाई शासन गर्ने सोचमा छन। यस्ता व्यक्तिगत लाभ हानिका आधारमा बन्ने अराजनितीक गठजोडलाई भरतपपुरका राजनितीकरुपले सचेत जनमासले ठेगानलगाउने देखिन्छ। यहाँका हरेकपाटीका कार्यकर्ता बैचारिकरुपमा प्रस्ट देखिन्छन् ।
प्रचण्ड देउवा गठबन्धन कुन सिद्धान्त र कार्यक्रम को आधारमा भएको हो भनेर सोध्ने हैसियत यहाका कार्यकर्ताहरुले राख्छन। छोरी, बुहारीलाई ध्यानमा राखेर MCC जस्ता सम्झौता गर्नेहरुले आफ्ना स्वार्थ मिल्दा के के गर्न सक्छन् भन्नेकुरा चितवनका जनताले बुझेकै छन । चितवनका बुद्धिजीवीहरुको धाराण बुझ्ने हो भने यस्ता स्वार्थ केन्द्रित अराजनितीक गठजोडहरु अनुमोदितहुने हो भने नेपालमा दलीय व्यवस्थको औचित्य रहने छैन ।
@चितवन

