बिहिबार, बैशाख १०, २०८३

जापानबाट पौडेलले कलाकारिता क्षेत्रमा पनि चिनारी दिँदै, सिन्दुर पोते चुरा ल्याए बजारमा

टोकियो । जापान बिबिध बिधामा हात हालेर पनि सफलता कमाइरहेका हुन्छन । त्यस्तै Multitalented Person मा पर्ने एउटा नाम हो राजन पौडेल  
स्याङ्जा जिल्लाको बिकट गाउँमा जन्मिएर आफ्नो बाल्यकाल स्याङ्जा र पोखरामा गरी बिताएका राजन धेरै संघर्षका साथ अगाडी बढेका ब्यक्तीहरु मध्य एक हुन । त्रिभुवन युनिभर्सिटी बाट ब्याचलर्स डिग्री पास गर्ने बित्तिकै नेपाल सरकार को गुप्तचर बिभागमा सरकारी अफिसर हुन पुगेका राजनको कार्यकालमा नेपालमा माओवादी आन्दोलनले चरम रुप लिइरहेको थियो । नेपाल सरकारको गुप्तचर बिभागमा कार्यरत हुँदा उनको बाहिर देखाउने पेशा भनेको रेडियो प्रस्तोता , टेलिभिजन प्रस्तोता, मोडलिङ, कलाकारिता , गीतकार, लेखक, नाँटककार, प्रोजेक्ट अफिसर, र जापानी भाषा टिचर थियो । पौडेललाइ उहाँको जीवनकालमा कमैले मात्र अनुसन्धान अधिकृत भनेर चिने ।
अनुसन्धान अधिकृत भइ काम गर्ने शिलशिलामा उनको क्षेत्रमा काम गर्ने वातावरण नभएपछि २०५७ सालमा त्रिभुवन युनिभर्सिटीको किर्तिपुर क्याम्पस गई मास्टर्स डिग्री भर्ना भई युनिभर्सिटी नै टप गरे । त्रिभुवन युनिभर्सिटी टप गरेपछि उनलाई जापानको नागोया युनिभर्सिटीमा पिएचडीको लागि स्कोलरसिपमा जाने असर मिल्यो ।
जापानमा गएर रिसर्च स्टुडेन्ट मा रहँदै गर्दा उनका प्रोफेसरहरुले उनलाई अन्तराष्ट्रिय कुटनिती सम्बन्धि केहि अनुभव बटुलेर मात्र पिएचडी सम्पन्न गर्ने सल्लाह दिए । र जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा केहि समय काम गर्न पठाए । कामकै सिलसिलामा उनी संसारका १२४ देशहरुमा पुगेका छन । घर्यासी समस्या र परिवारको लागि केहि गर्नु पनि उनको दायित्त भएकोले जागीरमै बिलाउन पुगी पिएडडीलाई त्यतिकैमा बिटो मारेर बिकासोन्मुख देशहरुको लागि काम गर्न थाले र हाल पनि गरिरहेका छन । नेपालमा पनि उनकै मातहातमा बिभिन्न परियोजनाहरु आएका छन ।
देशको राजनितिक समस्या तथा अवस्थाका कारणले गर्दा नेपाल छोडी बाहिरिनु परेतापनि राजनले बिदेशमा बसेर भएपनि नेपाल र नेपालीहरुको नाम र शान राखी नेपालको लागि धेरै कामहरु गरेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमा आवद्ध भएका राजन हाल प्रोजेक्ट इन्चार्ज को रुपमा कार्यरत छन। कामकै शिलसिलामा विश्वका १२४ वटा देशहरुमा पुगिसकेका राजन १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १० वटा भाषा) कतै कहीँ नरोकीईकन सरर बोल्न र लेख्न समेत सक्छन।

आँफूलाई बिबिध बिधामा स्थापित गरि सकेका राजनलाई गत वर्ष देखि नेपाल सरकारले जापानको लागि पर्यटन दुत (Tourism Ambassador) समेत बनाएको छ। उनको जीवनकालमा उनलाई कसैले रेडियो प्रस्तोता , कसैले टेलिभिजन प्रस्तोता, कसैले मोडल, कसैले एक्टर (कलाकार) , कसैले गीतकार/ लेखक, कसैले नाँटककार, कसैले प्रोजेक्ट अफिसर, त कसैले जापानी भाषाका टिचर पनि भनेर चिनिएका राजनलाई जापानको लागि पर्यटन दुत (Tourism Ambassador) का साथ-साथै थप अर्को एउटा बिधा (गायक) मा पनि चिनिन पाइने भएको छ । सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा पनि हात हाल्ने निधो गरी आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो समेत बनाई आफै अभिनय पनि गरेका छन । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन र उहाँकी जीवनसँगीनि Shanti KC Poudel को मोडलिङ समेत रहेको छ, यो जोडीको अभिनयमा बनेको “सिन्दुर पोते चुरा” भन्ने गीत एकपटक हेर्नै पर्ने गीत बनेको छ ।
राजन भन्छन अब हरेक ६,६ महिनामा श्रोता, दर्शकहरुमा माझ एउटा एउटा गीत पस्किरहनेछु ।
उनको साँगितिक यात्रा पनि सफल बनोस भन्ने हामी सबैको चाहना हो ।